२०७९ कार्तिक २१, सोमबार १०:४४

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन् ।

सप्तरीको राजविराजमा मैथिली साहित्य परिषद द्वारा आयोजित विद्यापति स्मृति पर्व २०७९ को प्रमुख अतिथि को रुपमा बोल्दै अध्यक्ष डा.दत्तले मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकोले मैथिलीलाई नै सरकारी कामकाजको भाषा बनाउनु पर्ने बताएका छन् । अध्यक्ष डा.दत्तले मधेशी आयोग र भाषा आयोगले संयुक्त बैठक गरेर यो विषयमा छलफल गरिसकेको र भाषा आयोग द्वारा प्रदेश सरकारलाई मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस भईसके पनि प्रदेश सरकारले वेवास्ता गर्नुप्रति चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष डा.दत्तले भाषामा राजनीति गर्नुभन्दा पनि भाषाको लागि राजनीति गर्नुपर्ने बताउदै मैथिली भाषाको संरक्षण र सशक्तिकरण गर्न आयोगले कुनै कसर बाँकी नराख्ने बताएका छन् । सो दिवसको अवसरमा परिषदले विभिन्न विधातर्फ ३ जना लाई सम्मान गरेको छ । कार्यक्रममा मधेशी आयोगकी सदस्य आभा सिंह, मधेश प्रदेशको आम संचार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादव, मैथिली अभियानी अजय साह शिवाली लगायतले आ(आफ्नो मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News