चुनाव प्रचार प्रसारमा व्यापक रुपमा डिजे साउण्ड प्रयोग भइरहेका छन ।
मंसिर ४ गते हुन गइ रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएका राजनितिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले प्रचार प्रसारमा चर्को स्वरको डिजे साउण्ड प्रयोग गरिरहेका छन् । निर्वाचन आचारसंहिता २०७९ ले डिजे साउण्ड प्रयोगमा प्रतिबन्ध लगाए पनि उम्मेदवार हरुले त्यसको प्रयोग व्यापक रुपमा गर्ने गरेका छन । रौतहटको ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रको विभिन्न गाउँमा डिजे साउण्ड प्रयोग गरेर उम्मेदवारको चुनावी प्रचार भइरहेको देखिएको छ । ठूलो ठूलो साउण्ड बक्स पिकअप , ट्रयाक्टरमा लोड गरेर चर्को आवाजमा गाउ गाउँमा बजाउने गरेको स्थानीयहरुले बताएका छन । ठूल ठूला फ्लैस प्रिन्ट बैनरको प्रयोग पनि व्यापक देखिएको छ । मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले उम्मेदवारहरुलाई सार्वजानिक ठाउँमा लगाइएको बहुरंगी पोस्टर र ठूलो आकारको झण्डा हटाउँन निर्देशन दिएको बताए । उम्मेदवारहरुले हटाएन भने प्रहरी परिचालन गरेर हटाउने निर्वाचन व्यवस्थापन समितिको निर्णय रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


