२०७९ कार्तिक २२, मंगलवार ०७:०३

धनुषा निर्वाचन क्षेत्र ३ का उम्मेदवार जुली महतो भोज भतेर गरी मतदाता रिझाउन थालेकी छन् ।

यसक्रममा उनले सोमबार जनकपुरधाम उपमहानगरपालिका देवपुरामा मतदातालाई प्रभावित गर्ने भोजको आयोजना गरेको देखिएको छ । नेकपा एमाले–जसपाका साझा उम्मेदवार रहेकी महतो जटही–जनकपुरधाम ६ लेन सडक खण्ड अन्तर्गत सडकमै भोजको आयोजना गरेकी थिइन । भोजका लागि सडककै छेउमा पण्डाल पनि सजाइएको थियो । पण्डालमा महतो र प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र यादवको ब्यानर पनि लगाइएको थियो । महतो र यादव चढ्ने सवारीसहित कयौं सवारी त्यही पार्किङ गरिएको थियो । सवारी र पण्डालमा एमाले–जसपाको झण्डा र चुनाव चिह्न अंकित सामग्रीहरु पनि राखिएको थियो । स्थानीयहरुले खाना खाएपछि महतोले उनीहरुसंग आफूलाई मत दिन अनुरोध गरेकी थिइन् । सोही दिन उनी सो गाउँको मुस्लिम टोलमा घर दैलो कार्यक्रम पनि गरेकी थिइन् । स्थानीयको अनुसार मासुको भोज गरिएको थियो । निर्वाचन आयोगले केही दिन अघि महतोलाई स्पष्टीकरण सोधेको थियो भने निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कयौं सवारी साधन नियन्त्रणमा पनि लिएको थियो ।

यद्यपि सचेत गराएर सवारीहरु छोडिएको छ । यस विषयमा मुख्य निर्वाचन अधिकृत श्रीधर पन्थीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग छलफल गरी अन्य प्रकृया अगाडि बढाइने बताए । ‘मतदातालाई प्रलोभनमा पार्ने हिसाबले कुनै पनि गतिविधि उम्मेदवारले गर्न पाउँदैनन्,’उनले भने,‘यदि त्यस्तो गरेको छ भने सीडियो साहेवको म्यासेन्जरमा फोटो भिडियो हाल्दिनुस हामी छलफल गर्छौं ।’

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News