२०७९ कार्तिक २२, मंगलवार ०७:२७

वीरगञ्ज महानगरपालिकाले अतिक्रमित संरचना भत्काउन नाप नक्सा गरी भत्काउने कार्य सुरु गरेको छ ।

अतिक्रमित जग्गा हटाउने वीरगञ्ज महानगरपालिकाले ३५ दिने सूचना जारी गरे पनि सूचनालाई अटेरी गरि अतिक्रमित संरचना नहटाउनेहरुको घर नाप नक्सा गरी अतिक्रमित संरचना भत्काउने कार्य सुरु गरिएको छ । म ह ा न ग र प ा िल क ा ल े सोमबारदेखि महानगरभित्रको अतिक्रमित संरचना हटाउने कार्य सुरु गरेको छ । महानरपालिका भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी निजी जग्गासँगै जोडी संचरना निर्माण गर्नेहरुको अतिक्रमित संरचना हटाउने कार्य सुरु गरिएको हो । साउन मसान्तमा वीरगञ्ज महानगरपालिकाले असोज २५ गतेसम्म आफ्नो घरको नाप नक्सासहित सबुत प्रमाण लिएर उपस्थित हुन आग्रह गरे पनि उक्त सूचनालाई अटेरी गरी नक्सा नल्याएको तथा अतिक्रमित जग्गा खाली नगरेको कारण सोमबारदेखि नाप नक्सा गरी अतिक्रमित जग्गा खाली गराउने कार्य सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका नक्सा शाखा प्रमुख रामसेवक महतोले जानकारी दिए । महानगरपालिकाले साउन मसान्तमा ३५ दिने सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत पर्ने १ नम्बर मेनरोड उत्तर गण्डक चोकदेखि पावरहाउस चोक, घण्टाघर, माइस्थान, महावीरस्थान, आदर्शनगर, अलखियामठ मन्दिर, वीर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म रोडका दायाँ बायाँ निर्माण भएका घरहरुको नक्सा स्वीकृत भए नभएको प्रमाण लिइ ३५ दिन भित्र महानगरपालिकामा सम्पर्क गर्न भनेको थियो ।

त्यस पश्चात पनि कसैले महानगरपालिकामा सम्पर्क नगरेपछि आइतबार २४ घण्टे अल्टिमेटम पनि दिइएको थियो । त्यस पश्चात पनि कसैले वास्ता नगरेपछि सोमबारदेखि अतिक्रमित संरचना हटाउने कार्य सुरु गरिएको नक्सा प्रमुख महतोको भनाइ छ । वीरगञ्ज अलिखिया मठ स्थित निर्माण गरिएको चिल्ड्रेन पार्कको जग्गा पनि अतिक्रमण गरिएकोले खाली गराउने कार्य त्यहीबाट शुरुवात गरिएको छ । पार्कको ४ बिग्हा जग्गा मध्ये १८ कठ्ठामा मात्रै पार्क निर्माण भएको तथा अन्य जग्गाहरु अतिक्रमण गरी संरचनाहरु निर्माण गरिएको हुनाले सो जग्गाहरुको नाप नक्सा गरी भत्काउने कार्य सुरु गरिएको हो । पार्क छेउमै खोजतलास गर्ने क्रममा प्रत्येक घर घरमा पत्राचार गर्दा ८ धुर ४ कनवा भएको जग्गा हालसाविक हुँदा २४ धुर भएको देखियो, त्यो जग्गा कहाँबाट आयो ? त्यो पार्कको जग्गा अतिक्रमण गरेर संरचना निर्माण गरिएको हुनाले त्यस्ता अतिक्रमित संरचनाहरुलाई हटाउने कार्य सुरु गरिएको बताइन्छ । अहिले तत्कालको लागि वीरगञ्ज अलखिया मठ स्थित माइधिया पोखरी अतिक्रमित संचरचना हटाउने कार्य सुरु गरिएको छ । यसबाट विस्तारै म ह ा न ग र प ा िल क ा भ िर क ा े अतिक्रमित संरचना हटाउने कार्यलाई तीव्रता दिइने बताइन्छ । सोमबार मात्रै ५० वटा भन्दा बढी घरको नाप नक्सा गरी मार्किङ्ग गरिएको छ, त्यसलाई एक दुई दिन भित्रै महानगरपालिको खाली गराउने भएको छ । मालपोत कार्यालयको मिलेमतोमा त्यस्ता थुप्रै सार्वजनिक जग्गाहरु अतिक्रमण गरी संरचनाहरु निर्माण गरिएको छ, त्यो सबै जग्गा खाली गराउने महानगरपालिकाले अभियान संचालन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News