२०७९ कार्तिक २२, मंगलवार १३:४६

आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।

राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुङ्गोमा पुग्न नसक्दा ५ लाखभन्दा बढी नागरिक नागरिकताविहीन भएका हुन् । तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट वञ्चित हुने भएका छन्। निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको चुनावमा मतदानका लागि योग्य मतदाताको सङ्ख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको छ ।

जसमा महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरुष ९१ लाख ४० हजार ८ सय ६ जना र अन्य १ सय ८५ जना रहेका छन् । तर नेपाली नागरिकता ऐन २०६३ अनुसार २०४६ चैत मसान्तभित्र नेपालमा जन्मिएका नागरिकका सन्तान नागरिकताबाट वञ्चित भएका हुन् ।

तात्कालीन समयमा २ वर्षभित्र संविधान सभाको चुनावअघि नै त्यस्ता नागरिकले जन्मको आधारमा नागरिकता लिइसक्नुपर्ने सरकारले जारी गरेको आदेशअनुसार १ लाख ९० हजार ७ सय २६ जनाले जन्मको आधारमा नागरिकता लिएका थिए । तिनै जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान अहिले नागरिकताविहीन भएका हुन् ।

जन्मसिद्ध नागरिकता पाएका सन्तानबाट जन्मेका बाहेक अन्य विभिन्न कारणले नागरिकता प्राप्त गर्न नसकेका नागरिकको तथ्याङ्क भने बढी रहेको छ ।

Comment


Related News

Latest News

Trending News