२०७९ कार्तिक २३, बुधबार ०६:०२

मधेश प्रदेशसहित देशभरिमा मानसिक रोगी बढ्दै गएको छ । मानसिक स्वास्थ्य परामर्श नेपाल (सीएममसी)ले एक कार्यक्रम गरी मानसिक रोगी बढ्दै सो जानकारी दिएको हो ।

सीएमसीका निर्देशक रामलाल श्रेष्ठले बालबालिकामा पनि मानसिक रोग तीव्र गतिमा बढ्न थालेको छ । हरेक आठ जना बालबालिकामा एक जना मानसिक रोगी देखा परेको उनले जानकारी दिए । उनका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा ५.२ प्रतिशत मानसिक स्वास्थ्य रोग देखिएको छ । त्यो भन्दामाथि उमेरमा दश प्रतिशतको हराहारीमा मानिसक रोगी फेला पर्न थालेको छ । २३÷२४ उमेर समूहमा पुग्दा यी समस्याका रोगी ७५ प्रतिशत मानिसमा देखिने गरेको उनले बताए । समस्या बढ्दै गए पनि उपचारमा सहजता नदेखिएको उनले बताए । ग्रमीण भेगका जनता उपचारबाट बञ्चित रहेको उनले गुनासो गरेका थिए । मधेश प्रदेशमा आर्थिक, सामाजिक र वेरोजगारीका कारण मानसिक रोगी बढ्दै गएको अनुसन्धानमा देखिएको छ । ‘पहिले लुकाउने, रूढिवादीमा विश्वास गर्ने जस्ता कारणले मानसिक रोगी बढ्दै गएको छ,’उनले भने,‘आत्महत्या पनि यसले नै बढाइरहेको छ ।

’ स्थानीय सरकारले यस प्रकारको समस्या समाधान गर्न काम नगरेको पाइएको छ । केन्द्रीय सरकारको स्वास्थ्य मन्त्रालयको कुल बजेटबाट मात्र एक प्रतिशत मानसिक रोग उपचारको लागि छुट्याइएको छ । गरिबी, एकल महिला र जेलका कैदीहरु मानसिक रोगको बढी जोखिममा छन् । परिचय पत्र पाउनु पर्ने व्यक्तिले नपाएको उनको आरोप छ ।

Comment


Related News

Latest News

Trending News