२०७९ कार्तिक २३, बुधबार ०६:४८

चुनाव नजिकिदै जाँदा सप्तरी जिल्लामा जनता समाजवादी पार्टी प्रभाव बढिरहँदा जनता समाजवादी पार्टीमा प्रवेश गर्ने लहर चलेको छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले घरदैलोमा विभिन्न पार्टीबाट जसपाप्रतिको आकर्षण बढेको छ । जनमत पार्टीबाट महदेवा गाउँपालिका वडा नम्बर ६ बाट वडा अध्यक्षको प्रत्यासी शैलेश यादवको नेतृत्वमा मंगलबार सयौं युवाहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव र मधेश सरकारका अर्थमन्त्री एवम् प्रदेशसभा सदस्यका उम्मेदवार शैलेन्द्र प्रसाद साहले गम्छा र अबीर लगाएर पार्टीमा भित्र् याएका छन् । जनमत पार्टी परिवार र स्वजातियको पार्टी भएको तथा बिखण्डनवादी र विचार सिद्धान्त स्पष्ट नभएकोले बाध्य भएर हिमाल, पहाड र मधेशलाई जोड्ने वैकल्पिक शक्ति जसपामा प्रवेश गरेको नवप्रवेशी शैलेशको आरोप लगाएका छन् । उनका अनुसार प्रत्यक्षमा आफ्नै दाजु तथा समानुपातिकमा राउतले आफ्नै परिवार र जातिको नाम राखेका छन् । एक साता अघि मात्र लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पूर्व अध्यक्ष विनोद कुमार यादव, केन्द्रीय सदस्य एवम् समानुपातिक उम्मेदवार पुनम यादव लगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । सप्तरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शंकर दास, नेकपा एसको प्रदेश सचिवालय सदस्य अरुण देव लगायतका नेताहरु जसपामा प्रवेश गरेका छन् । यसैगरी गत महिना मात्र नेकपा एमालेका महिला नेता एवम् पूर्व सांसद रञ्जु कुमारी झा, सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुण कुमार प्रधान लगायत सयौं व्यक्तिहरु जसपामा प्रवेश गरेको पार्टीका प्रवक्ता मनिष कुमार सुमनले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका जसपा अध्यक्ष यादवले सप्तरीमा कार्यकर्ता भेला, भेंटघाट, छलफल तथा चुनावी सभालाई तीव्रता दिएका छन् । यस अघि प्रतिनिधिसभा सदस्यमामा निर्वाचित भएपछि नर्सिङ्ग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायत विभिन्न ४२ ओटा कामहरु गरेका छन् । तीमध्ये केही काम पूरा पनि भईसकेको छ भने केही अन्तिम चरणमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News