२०७९ कार्तिक २३, बुधबार ०६:५५

भूतको नाम सुन्नै बित्तिकै जो कोहीको जीउ सिरिङ हुन्छ । तर तराई मधेशमा एउटा यस्तो दिन हो, जुन दिन त्यसको मेला नै लाग्छ ।

छठ सम्पन्न भएको नौ दिनपछि अर्थात् कात्तिक शुक्ल पूर्णिमा को दिन गंगा किसान, कमला नदीलगायत विभिन्न मठ मन्दिरमा भूत मेला लाग्ने गरेको छ । टाढा टाढाका हिजो साँझदेखि हिँडेर या कुनै यातायातको साधनमा र नजिकका भक्तजनहरू गंगा तथा कमला नदी किनारमा पुगेका छन् । तराई मधेशमा परम्परादेखि यो मेला लाग्ने गरेको छ । कतिपयले यसलाई अन्धविश्वास भन्दै बेवास्ता गर्न थालेका छन् भने बहुसंख्यकले यसलाई धर्म र आस्थाका आधारमा मनाउँदै आएका छन् । पहेँलो धोती र साडीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरू माटोले बनेको ढकनामा बलिरहेको आगो हातमा राखेर बेतको लाठी घुमाउँदै चर्को स्वरमा भूतहरू चिच्याउँदै गंगा तथा नदी किनारमा पुगेका हुन्छन् । भक्तजनहरुले आ–आफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोल पिपही जस्ता बाजागाजाका साथ कमला नदीमा पुगेका हुन्छन् । तान्त्रिक विद्यासिद्धिका लागि पूर्णिमाका दिनलाई शुभ मान्ने गरेको छ र त्यो सिद्धिका लागि गंगा नदी र कमला नदीमा त्यसको मेला नै लाग्ने गरेको छ । आगो बलि रहेको ढकना हातमा लिएर भूत खेल्दै नदी किसारसम्म पुग्दा पनि उसको हातमा केही भएको हुँदैन । त्यसले पनि पुष्टि हुन्छ कि वास्तममा यसमा दैवी शक्ति छ, सिरहा पटेर्वाका भोला यादव भन्छन्, ‘शिक्षा र चेतनाको विकाससँग कतिपयले भूत सूत केही होइन यी सबै अन्धविश्वास हो भन्छन् तर पूर्णिमाका दिन कमला नदीमा भीड हेर्दा लाग्छन् यसलाई अन्धविश्वास भन्नेहरु सबै ढोङ्गी छन् जसले भूत प्रेतलाई अन्धविश्वास भनेका हुन्छन् उनीहरू पनि कमल स्नानका लागि आएका देख्छु ।’ धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीको दुबै किनारमा पूर्णिमाका दिन निकै भीडभाड हुन्छ । भूत मेला हेर्नका लागि गाउँगाउँबाट त्यहाँ घुइँचो लाग्ने गरेको छ । यो मेला नेपालको तराई मधेशका साथै भारत विहारमा प्रत्येक वर्ष लाग्ने गरेको छ ।

पूर्णिमाका दिन सिकारु धामीझाँक्रिहरुका लागि सिद्धिको दिन हो भने कुनै व्यक्तिमा भूत प्रेत छ भने त्यसलाई पनि हटाउने दिन रहेको सिरहाका धामी सालिग्राम ठाकुरले बताए । उनले भने, ‘जो दशैंमा नयाँ नयाँ धामी बनेका हुन्छन्, उसले यही दिन सिद्धि गर्न कमला स्नान वा गंगा स्नान जाने गरेका छन् ।’ घरबाट देउता खेल्दै नदीसम्म जानुपर्ने हुन्छ, बाटो भरि देउता तथा भूत खेल्दै गइरहेको दृश्य रमाइलो हुन्छ । धामी ठाकुरका अनुसार मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रसिद्धिका लागि यो दिन पूर्णाहुति दिने चलन रहेको उनले बताए । कमला नदीमा स्नान गरिए कमलेश्वरी देवी र गंगा नदीमा स्नान गरे गंगा देवीले तान्त्रिक विद्या सिद्ध बनाइ दिने तथा घरका देवी (घरदेवता) शुद्धि हुने विश्वास लिएको छ । कमला तथा गंगा स्नान गरेर घर फर्किने बेला नदी किनारमा धामी झाँकीसहित अन्य भक्तजनहरु दही च्युरा खाने चलन रहेको छ । साथै घर फर्किने बेला भक्तजनहरु गंगा र कमलाबाट पानी (जल) लिएर पनि आउने गरेका छन् । त्यो पानीले घरपरिवार तथा घरका अन्य सदस्यलाई पनि चोखो बनाइने चलन छ । धामीझाँक्रीले महराई (एक प्रकारको गीत) गाउँदै त्यसको तालमा बजाएको ढोल, झाइलले भूत तथा देवता खेल्नेलाई झन उत्तेजित बनाएका हुन्छन् । धामीझाँक्रीले आफ्नो महराई (गीत) को तालमा भूत तथा देवतालाई खेलाइरहेका हुन्छन् ।

Comment


Related News

Latest News

Trending News