२०७९ कार्तिक २३, बुधबार ०९:२६

सुदूरपश्चिम क्षेत्रकाे खप्तड क्षेत्रमा गएकाे भूकम्पका कारण हालसम्म ६ जनाकाे मृत्यु भएकाे छ । डाेटीबाट प्राप्त समाचार अनुसार कयाैं घाइते भएकाे हुन सक्ने आशंका गरिएकाे छ ।

मानिसहरू घर बाहिर बसिरहेका छन् । मध्यराती भूकम्प गएकाले अहिले बिहान मात्रै उद्वार कार्य भइरहेकाे जनाइएकाे छ ।

स्थानीयहरूका अनुसार  धन जनकाे ठूलाे क्षति भएकाे अनुमान छ ।

यस क्षेत्रमा पाँच घण्टाकाे अवधिमा ६.६ र ५.५ सहित ५ पटक भूकम्पकाे धक्का महसुस भएकाे भूकम्प मापण केन्द्रले जनाएकाे छ ।

उद्वार कार्यका लागि स्थानीय तथा प्रहरी खटिएकाे जनाइएकाे छ ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News