२०७९ कार्तिक २४, बिहीबार ०६:२४

नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले मधेश प्रदेशमा ३४ हजार भन्दा बढी मत ल्याउने दाबी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । उनको पार्टी आसन्न निर्वाचनमा नेकपा एमालेको सूर्य चुनाव चिह्न लिइ निर्वाचनमा होमिएका छन् । पूर्व मन्त्री एवं संविधानसभा सदस्यसमेत रहेका ढकालको नाम सामानुपातिक बन्द सूचीमा समावेश छन् । उनले आफ्नो १५ बुंदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । संविधान कार्यान्वयनदेखि अन्तर्राष्ट्रिय सम्बन्ध सुधारसम्मको प्रतिबद्धता गरेका छन् । असल परिवार र नैतिकवान समाज निर्माणमा जोड दिने उनको प्रतिबद्धतापत्रमा उल्लेख छ । विकास र लगानीको वातावरण सिर्जना गर्ने, भ्रष्टाचार निवारण गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उनको भनाइ छ । समाजिक सुरक्षा र उत्पीडित समुदायको उत्थानको लागि आफूलाई मतदान गर्न उनले अनुरोध गरेका छन् ।

Comment


Related News

Latest News

Trending News