२०७९ कार्तिक २४, बिहीबार ०६:४९

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार उमेश साहले प्रचारप्रसार कार्यालय उद्घाटन गरेका छन् ।

बुधबार राम चोकस्थित चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरेका हुन । साहले शान्ति र स्वतन्त्रताको प्रतीक परेवा उडाएर कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रममा उनले न्याय गर्न सक्ने व्यक्तिको पक्षमा मतदान गर्न आग्रह गरे । दलीय र जातीय राजनीतिले जनता अन्यायमा परेको भन्दै उनले योग्य उम्मेदवारको विषयमा मनन गरी मतदान गर्न आग्रह गरेका थिए । जानकीको भूमि जनकपुरधाममा नेता जन्मिए पनि राजनेता जन्माउन नसकिएको उनको जिकिर छ । दीपावलीको अवसरमा भारतमा गएर यहाँको नेता दीप प्रज्जवलन गरेको र जानकी मन्दिर अन्ध्यारो हुँदा एक शब्द बोल्न नसक्ने नेताको पक्षमा मतदातालाई नलाग्न उनले आग्रह गरे । स्वतन्त्र उम्मेदवार साह नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् । मिथिला नाट्य कला परिषद्का सल्लाहकार पनि हुन् । जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उम्मेदवार साहको दाइ रमेश साहले जनकपुरधामको विकासमा आफ्नो परिवारको योगदान बारे सुनाएका थिए ।

रामसागर राम स्वरुप बहुमुखी क्याम्पस निर्माणको बेला आफ्नो परिवारले एकल ईटा दान दिएको र जनकपुर विमान स्थल निर्माणमा पनि उल्लेख्य भूमिका खेलेको उनको दाबी छ । धनुषा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Comment


Related News

Latest News

Trending News