२०७९ कार्तिक २५, शुक्रबार ०९:१४

रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेर नष्ट भएका छ। आगलागीबाट लाखौँको क्षति भएको छ ।

दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गए राती ११ बजे आगलागी भएको थियो । आगलागीबाट गोठमा रहेको एउटा भैँसी,  ,१० वटा  ,खसी बाख्रा, केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको तथा घरमा पनि  पूर्ण रुपमा क्षति भएको पीडित परिवारले जनाएका छन् ।

लामखुट्टे धपाउन बालिएको घुपबाट सल्किएर भएको आगलागी बाट १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News