२०७९ कार्तिक २५, शुक्रबार ०९:१७

इँटा उद्योगमा अलपत्र रहेका ३८ भारतीयलाई रौतहट प्रहरीले उद्धार गरेको छ। रौतहटको परोहा नगरपालिका ४ मा रहेको अमन इँटा उद्योगमा अलपत्र रहेका भारतको उत्तर प्रदेशका ३८ जनालाई रौतहट प्रहरीले बुधबार राति उद्धार गरिएको जनाएको छ।

उद्धार गरिएका ३८ मध्ये १८ जना महिला रहेका छन्। इँटा उद्योगमा तिन दर्जनभन्दा बढी भारतीय अलपत्र परिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बुधबार राति उद्धार गरिएका भारतीयहरुलाई बिहीबार भारत बिहारको सीतामढी जिल्लाको बैरगनियामा रहेको एसएसबिलाई जिम्मा लगाइएको छ।

उद्धार गरिएका भारतीयहरु उत्तर प्रदेशको समत अलियारपुर जिल्लाका बासिन्दा रहेका छन्। भारतको उत्तर प्रदेशका विभिन्न जिल्लाबाट रौतहटका इँटा उद्योगमा सयौँ महिला पुरुष कार्यरत रहने गरेका छन्। इँटा उद्योग संचालन हुने समय आउँदा भारतीय मजदुरहरु रौतहटका विभिन्न इँटा उद्योगमा आउन थालेका छन्।

Comment


Related News

Latest News

Trending News