चुनाव नजिकिदै जादा प्रचास प्रसारले तिब्रता लिनुका साथै चुनावी रणनितिहरु तिब्ररुपमा ध्रुविकरण हुदै गएका छन । ठुला दलका नेताहरु आफ्ना प्रभावित एरियाका दौडाहासंगै आमसभा देखि कोणसभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुलाई जिताउन सार्वजनिक तथा आन्तरिक रणनितिमा लागेका छन् ।
बाम लोकतान्त्रि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मध्य तराइको बारा पर्सामा आउनु भएका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले सार्वजनि रुपमा पर्सा क्षेत्र नम्बर १का लोसपाका उम्मेदवार लक्ष्मणलाल कर्णलाई जिताउन भाषण गरेपनि जसपालाई जसरी पनि हराउने आन्तरिक गृहकार्य गरेर फर्किनु भएको छ ।
बिहिबार वीरगन्ज नगवामा गठबन्धनले आयोजना गरको कोणसभामा प्रतिनिधि सभामा लोसपाका नेता एवम गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्ण र प्रदेश १को ख मा रामनारायण कुर्मिलाई जिताउनु स्थानिय मतदाताहरुलाई आग्रह गर्नु भयो । चुनाव पछिको संघीय सरकार बामलोकतान्त्रिक गठबन्धनको सरकार बन्ने निश्चित भएको दाबी गर्दै उहाले मधेसका मांग र नागरिकता समस्या समाधान नेपाली कांग्रेसको सरकारले नेता निधिको दाबी थियो ।
तर शुक्रबार बिहान वीरगन्जको होटल दयालु लड्समा पार्टीका स्थानिय नेता तथा कार्यकर्ता तथा पार्टी नजिकका केहि संचाकर्मिहरुसंग कुरा गर्दै जसपालाई जसरी पनि हराउन नेता निधिले निर्देशन दिनुभएको पत्रकार महासंघका सहसचिव दिपेन्द्र चौहानले बताउनु भयो ।पार्टिको कोरलेब्बलका नेताहरुसंग कुरागर्दै अप्रत्यक्ष रुपमा पर्सा क्षेत्र नम्बर एकबाट स्वतन्त्र उम्मेदवारी दिएका अजय द्धिवेदी प्रति सहानुभूति जनाउदै जसपालाई जसरी पनि हराउन त्यस क्षेत्रका कांग्रेसीजनलाई निर्देशन दिएको पार्टीकै एक नेताले बताए ।
नागरिकता बिद्येकको कुरा गर्दै सत्ता संचालन प्रकृयामा राष्ट्रपति जस्तो मर्यादित संस्थालाई विवादित तुल्याएले मुलुकलाई सिस्टममा ल्याउन एमाले जसपा गठबन्धनलाई अराउन आवश्यक रहेको बताउनु भयो ।उहाले मुलुकलाई व्यवस्थित गर्न अहिलेको गठबंधनको सरकारको निरन्तरता आवश्यक भएको बताउनु भयो ।
उहाले नेपाली कांग्रेसबाट अजय द्धिवेदीले टिकट दिनु पर्ने कुरा प्रति आफ्नो सकारात्मक धारणा रहेका बताउदै गठबन्धनको कारण उक्त क्षेत्र लोसपाको भागबन्डामा परेको बाध्यता व्यक्त गर्दै उहाँले पर्सा निर्वाचन क्षेत्र नं. १ मा मुख्यमंत्री र पूर्व वनमन्त्री नै चुनाव लडि़रहेकोले उक्त क्षेत्र पार्टीको लागी महत्वपूर्ण हुन गएको बताउनु भयो ।
पार्टीका एक नेताले भने,‘उहा ‘निधि’ले भन्नु भयो,हामीले गठबंधनबाट उम्मेदवारी दिएका छौँ, गठबंधनको उम्मेदवार जित्नु पर्छ भन्ने हाम्रो चाहना भए तापनि जसपा कुनै हालतमा जित्नु हुँदैन,त्यो रणनितिमा तपाईहरु लागनुस ।’
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=CYDNeQF_pZo


