२०७९ कार्तिक २५, शुक्रबार १५:३९

महोत्तरी : काम गरेर जनताको विश्वास जितेको छु र काम गर्नेको जीत अवश्य हुने उम्मेदवार सरोज सिंह कुशवाहाले बताएको छ ।

महोत्तरी क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार सरोज सिंह कुशवाहाले आफु धेरै विकास गरेको र अझै बिकास गर्न बाँकी रहेको उनले बताए ।

कुशवाहाले विकास र समृद्धि शिक्षा बिना सम्भव नरहेको समेत बताए । उनले, ‘ आफु शिक्षामा लगानी वृद्धि, शैक्षिक प्रणालीको सुदृढीकरण, प्राविधिक शिक्षामा जोड दिनेछ ।’

त्यस्तै कुशवाहाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरवन्दी व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Comment

Related News

Latest News

Trending News