२०७९ कार्तिक २५, शुक्रबार १८:२५

देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै  सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको हो ।

तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो  ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा दुई हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना सङ्क्रमित भइसकेका छन् ।

यस्तै डेङ्गुबाट धेरै सङ्क्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ सङ्क्रमित छन् ।

Comment

Related News

Latest News

Trending News