अपडेट 
२०७९ कार्तिक २६, शनिबार ०७:०५

लेख : श्यामसुन्दर शशि 

सामा–चकेवाको विसर्जनसंगै सांस्कृतिक तथा धार्मिक पर्व त्यौहारको मौसम सम्पन्न भए पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनरुपी राजनीतिक महापर्वले आम नागरिकलाई पुनः गतिशील बनाएको छ । गाउ“–नगर राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुको पर्चा– पम्पलेट,तुल–बैनरले रंगी–चंगी बनेको छ । आफ्नो पक्षमा मतदान गर्न अनुरोधसहितका गीत संगीतले गाउ“–नगरमा कोलाहलमय मचेको छ । सदनमा हुंदा मैथिलीको नामसमेत उच्चारण नगर्ने,मिथिला मैथिलीको विपक्षमा उभिने उम्मेदवारहरु पनि मतदातालाई भन्दै छन्– हम तोरे बेटा पोता छियौ । अपन बेटा पोताके भोंट नहि देबही ।’ यदि जानकीजी हुंदा हो भन्ने अवश्य भन्ने थिइन, ‘ जो रे कपुतरहा….तोरेसुनके बेटा पोता अपन मायके बृद्धाश्रममे रखै है आ दोसरके बापके ‘बा’ कहै है ।’ चुनाव प्रचारको क्रममा सुनिएका मैथिली लोकगीतहरुको धूनले प्रमाणित गरेको छ । मैथिली जनजनको भाषा हो । उम्मेदवारहरुको भाषण र प्रचार सामग्रीले प्रमाणित गरेको छ –‘ देशिल वयना सबजन मिट्ठा ।’ उम्मेदवारहरुको व्यस्तता र धपेरी भनि साध्य छैन । दिनभरि घरदैलो । राति चुनावी परिचर्चा,भोलिको कार्यक्रम निर्माण तथा फण्डको जोहो । त्यसपछि समर्थकहरुको सोमरस सहितको भोज भतेर । सांचै गाउ“ नगरको वातावरण त्यौहारमय बनेको छ ।

उम्मेदवारहरुको झुठा आश्वासन,भाषणवाजी र घोषणाहरुले मतदातालाई वाक्क दिक्क बनाएको छ – को वड छोट कहत अपराधू ….। सबका सब भन्दै छन् –‘ म यस क्षेत्रको बेटा हु“ । बेटी हु“ । मैले आफ्नो भूमिको लागि नगरे कस्ले गर्ला । भोट मलाई दिनु ।’ फेरि यसो आश्वासन दिने वा वाचा वन्धन गर्नेहरुमा पटक पटक निर्वाचन जिति सकेका र हारेकाहरु पनि छन् । आममतदातालाई थाहा हुनु पर्ने हो – सम्मानित सर्वोच्च अदालतले ‘ नो नोट अगेन ’ अर्थात् होइन,अब दोश्रो तेश्रो पटक होइन ।’ अभियानलाई निरन्तरता दिने आदेश सुनाएको छ । अर्थात् अव कामै नगरी दोहरिएर,तेहरिएर मत मांग्न आउने उम्मेदवारहरुलाई विनम्रतापूर्वक भन्न सक्नु हुन्छ –‘ तपाई केही गर्न सक्नु भएन । भो,अब विश्राम गर्नोस् । नया“लाई मौका दिनोस् ।’ स्मरण रहोस् , निर्वाचनमा दोहरिएर,तेहरिएर आउ“ने उम्मेदवारहरु भोलि आफ्नै श्रीमती,छोरा,छोरी वा आफ्न्तलाई उम्मेदवार बनाएर फेरि भोट माग्न आउ“न सक्छन् । होस् गर्नोस– तपाई अरुलाई भोट दिनकै लागि जन्मिनु भएको होइन । तपाईसंग भोट माग्नेले तपाईलाई वा तपाईका सखा सन्तानलाई कहिल्यै भोट दिएका छन ? छैनन भन्ने तपाईमात्र पटक पटक एउटै पात्रलाई आजिवन किन भोट दिइरहने ? धनुषाका ४ प्रतिनिधिसभा र ८ प्रदेशसभाका लागि लगभग २ सय २५ जनाले उम्मेदवारी दिएका छन् । मतदाता झुक्याउन दुई थान गठबन्धन बनेको छ । अन्य दलहरुका तथा स्वतन्त्र उम्मेदवारहरु पनि मैदानमा छन् । सबका सभ होनहार । ६० कटेका भए पनि युवा । ईमानदार,कर्तव्यनिष्ट,विकासप्रेमी,‘ जातिपर नै पातपर मोहर लगाउ फल्ला छापपर ’ नारा लगाउँने अनि राति राति अ–आफ्ना जातिका माइजन–देवानको घर चहार्ने । चुनावमा पैसाको खोला बहाउने उम्मेदवारहरुको चुरी फूरी अलि बढिनै देखिन्छ । कर्णप्रिय भाषण,आश्वासन तथा घोषणापत्रहरुको ओइरो छ ।

राजनीतिक दलहरुले केन्द्रबाटै चुनावी घोषणापत्र जारी गरे पनि केही ठूला पार्टीहरुले प्रदेश स्तरमा पनि घोषणापत्र जारी गरेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पनि अ– आफ्ना प्रतिबद्धता लिखितरुपमै सार्वजनिक गरेका छन् । नेपालमा आम निर्वाचनको आरम्भ २०१५ सालदेखि भएको मानिन्छ । जनतासंग चुनावी वाचा वन्धन गर्ने सृंखला त्यतिबेलादेखिनै सुरु भएको पाइन्छ । तर यतिकै वर्ष बिति सक्दा पनि यी वाचा वन्धनहरु पूरा भएको छैन । तर आज मैले अलि वेग्लै प्रसंग कोट् याउन चाहेको छु । त्यो के भन्ने गठबन्धनको नाममा युगलबन्दी गरेका दलहरुबीचको अप्राकृतिक मिलन देशलाई सही बाटो देला जस्तो छैन । सत्ता गठबन्धनमा नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र डा.बाबूराम भट्टराई नेतृत्वको नेपाली समाजवादी पार्टी छन् । कांग्रेस यथास्थितिमा रमाउने दल हो । यसले वर्तमान संसदीय व्यवस्थालाई सिद्धान्ततः स्वीकार गरेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि यथास्थितिवादी पार्टी हो । मधेश केन्द्रित लोसपा नागरिकता र संविधान संशोधन लगायतका विषयलाई प्राथमिकता दिएको छ । डा.भट्टराईको पार्टी भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति,सांसदहरुलाई मन्त्री नबनाउने तथा राइट टू रिजेक्ट तथा राइट टू रिकल जस्ता प्रगतिशील विचार लिएर चुनावमा उत्रेको छ । यस्तो अप्राकृतिक गठबन्धनको नेतृत्वमा सरकार बन्दा कुन दलको घोषणापत्र सरकारको मार्गदर्शक बन्ने ? प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा रहेका मतदाताहरुले डा.भट्टराईको दललाई दिएको मतको सम्मान हुने कि नहुने ? नागरिकता विधेयक रोक्न लगाएको आरोप लागेको नेकपा एमालेको नेतृत्वमा अर्को गठबन्धन छ । जसमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको विरोधी तथा राजतन्त्रको समर्थक राप्रपा र राप्रपा नेपालजस्ता दक्षिणपन्थी दलहरुसंगै मधेश आन्दोलनको नेतृत्वकर्ता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि छन् ।

सम्भवतः एमालेको त्रासले होला, जसपाले आफ्नो घोषणापत्रमा नागरिकता विषयमा एक वाक्यमात्र खर्चेको छ । यस प्रकार संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधी दलहरु बीचको गठबन्धनलाई के भन्ने ? धर्मनिरपेक्षताको पक्षधर र विरोधीबीचको मिलनलाई के भन्ने ? नागरिकता विधेयक विरोधी र पक्षधर दलबीचको सहकार्यलाई के भन्ने ? अप्राकृतिक गठबन्धन भन्ने कि नभन्ने ? छिमेकी मुलुकमा पनि अप्राकृतिक गठबन्धन बनाएर निर्वाचनमा गएको उदाहरणहरु छन् तर यी दलहरुले न्यूनतम साझा कार्यक्रम बनाएर मतदाता समक्ष गएका थिए । यहाँ त सबै दल अ– आफ्नै मादल पिट्दै छन् अनि भोट गठबन्धनलाई दिन भन्दैछन् । अब भन्नोस प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा रहेका मतदाता पारम्परिक संसदीय व्यवस्थाको पक्षधर पार्टीको नेतृत्वमा रहेको सत्तागठबन्धनलाई किन भोट दिने ? संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा रहेका मतदाता राप्रपा जस्तो संघीयता विरोधी पार्टीसमाहित एमाले गठबन्धनलाई किन भोट दिने ?

Comment


Related News

Latest News

Trending News