२०७९ कार्तिक २७, आईतवार ०८:४०

चुनाव नजिकैदै जादा मुख्यमन्त्रीप्रतिको जनमत खस्किदै गएको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख)बाट उमेदवारी दिएका छन । विपक्षी उम्मेदवारहरुले उनले गरको भ्रष्ट्रचार,अनियमितता र साइकल खरिदमा अख्तियारले दर्ता गरेको मुद्दालाई मुख्य बनाएका छन । अघिल्लो पटक मधेश केन्द्रित दलहरुको गठबन्धनबाट निर्वाचन जितेका राउतलाई यसपटकको चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ । विपक्षीले उठाएका प्रश्न आफ्नै क्षेत्रमा भएको भ्रष्ट्राचार र अनियमितता तथा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अलपत्रमा परेका विभिन्न महत्वकाक्षी योजना बारे जनताले उठाएका प्रश्नको जवाफ दिन मुख्यमन्त्रीलाई हम्मे हम्मे परेको छ । सबै उम्मेदवारहरु चुनावमा संचार माध्यमहरुसंग नजिक रहेको बेलामा मुख्यमन्त्री राउत पत्रकारसंग कुरा कुरा नगर्ने रणनीति बनाएका छन् । मधेश आन्दोलनको रापतापमा अघिल्लो पटक चुनाव जितेका मुख्यमन्त्री राउतले मधेशी जनतालाई दिएको आश्वासन पूरा गर्न नसकेको भन्दै राउतका निर्वाचन क्षेत्रका जनता उनी प्रति रुष्ट छन् । एमालेसंग जनता समाजबादी पार्टीले गरेको गठबन्धन र मुख्यमन्त्री राउतले पाँच वर्षमा गरेको भ्रष्ट्राचार तथा निर्वाचन क्षेत्रमा भएको बजेट दुरुपयोगका कारण चुनावी माहोल मख्यमन्त्रीको विपरित बन्दै गएको छ ।

विगतमा मधेशीदलको लागि भोटबैकको रुपमा रहेको नगवाका राकेश चौरसियाले भने,‘मुख्यमन्त्रीका अधिकांश ठूला योजनाहरु अलपत्र परेका, आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई ठेक्का दिएर कमिशन खाएकालेको पनि बनेका सडकहरु पनि कतिपय ठाउँमा एक वर्ष नवित्दै भत्किदै छ ।’ वीरगञ्जलाई मधेशको राजधानी बनाउछुँ भनेर वीरगञ्जका जनतामाथि घात गरेको आरोप समेत मुख्यमन्त्रीमाथि लाग्ने गरेको छ ।चनावी प्रचार प्रसारमा गाउँहरुमा जाँदा ‘नाकाबन्दी वीरगञ्जमा भयो,राजधानी कहाँ बनाउनु भयो

पोखरी सौन्दर्यकरणमा करोडौ रुपियाँ दुरुपयोग

मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्रमा सवैभन्दा बढी मतदाता भएको वीरगञ्ज वडा नं. १६ को नगवा पोखरी सौन्दर्यकरणका लागि पठाएको रकम समेत दुरुपयोग भएको आरोप स्थानीयवासीको छ । नगवा पोखरी सौन्दर्यकरणका लागि परेरा/रञ्जन जेभी ललितपुरसँग २०७६ जेठ २२ गते १० करोड १ लाख ३० हजारमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता बमोजिम २०७८ बैशाख १४ गते निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म करिब ३५ प्रतिशत मात्रै निर्माण कार्य सकिएको छ । भौतिक पूर्वाधार विकास कार्यालय पर्साका अनुसार विनियोजित बजेटमध्ये हालसम्म ३ करोड ९७ लाख ८७ हजार ५ सय ७६ रुपैयाँ मात्रै खर्च भएको छ । आफ्नै निर्वाचन क्षेत्रको पोखरी निर्माणमा भएको दुरावस्था सुधार गर्न नसक्ने मुख्यमन्त्री राउतले फेरि भोट चाहियो भनेर कुन अनुहार देखाएर जनताकाबीचमा पुगेका छन् ? स्थानीयवासीले प्रश्न गर्न थालेका छन् । चालू आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेश सरकारले उद्योग पर्यटन तथा वन मन्त्रालयका लागि ४ अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरेको देखिन्छ । यो बजेटमा पोखरी सौन्दर्यकरणदेखि मठ मन्दिर संरक्षणको खर्च पनि समावेश गरिएको छ । मठ मन्दिर संरक्षणको लागि मात्रै ३० करोड ३४ लाख रुपैयाँ विनियोजन भएको छ । तर,देशको मुख्य प्रवेशद्वार मानिएको वीरगञ्ज लगायतका क्षेत्रमा प्रदेश सरकारले सञ्चालन गरेका पोखरी संरक्षण र सौन्दर्यकरणको काम अलपत्र परेको छ । मधेश प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यकरणको योजना धेरै ठाउँमा अलपत्र अवस्थमा देखिन्छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरीको सौन्दर्यकरणका लागि विनियोजित १० करोड ४३ लाख १७ हजार रुपैयाँमध्ये ७ करोड ७ लाख ८१ हजार भन्दा बढी रकम खर्च हुँदा पनि कार्यप्रगति सन्तोषजनक छैन । परेरा/रञ्जन जेभि ललितपुरले लिएको उक्त ठेक्का २०७८ बैशाख १४ सकिएको छ ।

पर्साको छिपहरमाई गाउँपालिकास्थित छिपहरमाई पोखरीको सौन्दर्यकरणका लागि परेरा/रञ्जन जेभी, ललितपुरले १० करोड ४४ लाख ६३ हजार १८० रुपैयाँमा ठेक्का लिएको थियो तर यसको प्रगति एक चौथाई पनि हुन सकेको छैन् । ठेकेदारले यति कार्य गरेबापत दुई करोड १४ लाख ६१ हजार ८५४ रुपैयाँ भुक्तानी लिइसकेको छ भने यसको ठेक्का अवधि पनि २०७८ वैशाख १४ मा समाप्त भइसकेको छ । वीरगञ्ज महानगर–१५ मा रहेको लक्ष्मणवा पोखरीको सौन्दर्यकरण गर्न २०७७ फागुन १० गते एक करोड ७५ लाख २१ हजार ४१९ रुपैयाँमा सुनकोशी कन्स्ट्रक्शनले ठेक्का लिएको थियो । अहिलेसम्म यो ठेक्काको कार्यप्रगति ७३.२६ प्रतिशत छ र ठेकेदारले सोबापत एक करोड २८ लाख ३६ हजार ५३९ रुपैयाँ भुक्तानी पाइसकेको छ । यो ठेक्काको अवधि पनि समाप्त भइसकेको छ । तर कार्य सम्पन्न हुन सकेको छैन । वीरगञ्जकै मुर्ली बगैंचास्थित पोखरीको सौन्दर्यकरणका लागि २ करोड ५ लाख ४१ हजार २ सय रुपैयाँमा ठेक्का दिइएको थियो । विकोई/किशोर जेभीले २०७७ फागुन ११ मा सम्झौता गरेको भए पनि अहिलेसम्म यसको कार्य सुरू नै हुन सकेको छैन । पर्साको पटेर्वासुगौलीमा रहेको निचुटा पोखरी सौन्दर्यकरणको अवस्था पनि उस्तै छ । ३ करोड ६ लाख ३१ हजार ३५३ रुपैयाँमा नागार्जुन/हेम–सरबासार्की, काठमाण्डुंले ठेक्का लिएको यस पोखरीको कार्यप्रगति १०.८ प्रतिशत मात्र छ । ठेकेदारले ३१ लाख १८ हजार ७४४ रुपैयाँ भुक्तानी भने लिइसकेको छ । यस ठेक्काको सम्झौता अवधि पनि समाप्त भइसकेको छ ।

पोखरी सौन्दर्यकरणका नाउँमा आएको बजेट दुरुपयोग हँुदा समेत मुख्यमन्त्रीले सोधखोज गर्न नसक्नु र गत निर्वाचनमा आफूले प्रतिबद्धता गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहनुले मुख्यमन्त्री राउतलाई यसपटक चुनाव जित्न कठिन देखिन्छ । हरेक वडामा मुख्यमन्त्रीका विरुद्ध आवाजहरु उठन थालेका छन । मुख्यमन्त्रीको विकल्पमा बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामनारायण कुर्मी, स्वतन्त्र उम्मेदवार शशिकपुर मियाँ र ओम प्रकाश सरार्फ अहिले चुनावी प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीलाई हिजोका दिनमा सहयोग गरेको एउटा जमात शशिकपुर मियाँको साथमा देखिएका छन् । यता नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रामनारयण कुर्मीलाई गठबन्धनको साथ रहेको छ । मुख्यमन्त्री विरुद्ध लड्ने बलियो उम्मेदवारको रुपमा कुर्मीलाई पनि हेरिएको छ । स्वतन्त्र उमेदवार ओमप्रकाश सरार्फतर्फ पनि युवाहरुको आकर्षण देखिएकोले अहिले कांग्रेसका कुर्मी र स्वतन्त्र उम्मेदवार शशिकपुर मियाँले मध्ये एकले नै मुख्यमन्त्रीलाई हराउन सक्ने आकलन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News