अपडेट 
२०७९ कार्तिक २७, आईतवार १४:४५

औषधि व्यवस्था विभागले बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । विभागले रुपन्देहीमा रहेको कम्पनी बायोजेन रेमिडाइज प्रालीले उत्पादन गर्ने बायोकल–डी ब्याच नम्बर बीडी २१०४ लाई बिक्रिवितरणमा रोक लगाएको छ ।

साथै काठमाडौं गोठाटारमा रहेको लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एस्भिट नामको ब्याच नम्बर एएस२१२१ ट्याबलेट औषधिमाथि पनि विभागले प्रतिबन्ध लगाएको छ ।

यी दुबै क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरु हुन् । बजार अनुगमनका क्रममा औषधिका नमूना परीक्षण गर्दा कम गुणस्तरको रहेको पाइएको भन्दै विभागले औषधिमाथि प्रतिबन्ध लगाएको हो ।

विभागले यी औषधिको विक्रिवितरण रोक्न र बजारमा भएको औषधि फिर्ता गर्न निर्देशन दिएको छ ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News