अपडेट 
२०७९ कार्तिक २८, सोमबार ०७:१८

रौतहटको गौरमा जारी प्रदेश स्त्तरीय अण्डर– १९ क्रिकेट प्रतियोगितामा धनुषा एक सय ९८ रनले विजयी भएको छ ।

आइतबार भएको खेलमा सप्तरीलाई हराउँदै धनुषा लगातार दोस्रो खेल विजयी भएका छन् । पहिले ब्याटिङ् गरेको धनुषाले निर्धारित ४० ओभर खेल्दै मात्र चार विकेट गुमाएर दुई सय ४४ रनको लक्ष्य सप्तरीसमक्ष प्रस्तुत गरेका थिए । धनुषाका लागि मयान यादवले सार्वधिक एक सय पाँच बलमा एक सय आठ रनको योगदान दिए । उनले दश छक्का र ६ चौका प्रहार गरेका थिए । धनुषाकै अकबर अलिले ९७ बलमा ७४ रन र रञ्जित यादवले २४ बलमा ३९ रन बनाएका थिए । सप्तरीको लागि बलिङ गर्दै पप्पु यादवले आठ ओभरमा ४४ रन खर्चेर दुई विकेट र प्रशान्त सिंहले आठ ओभरमा ४१ रन खर्चेर एक विकेट लिएका थिए ।

ठुलो लक्ष्य पाएका सप्तरीको ब्याटिङ निकै कमजोर देखिएको थियो । सप्तरीले निर्धारिता ओभर खेल्न नपाउँदै अल आउट भएका थिए । २१ ओभर १ बलमा सबै विकेट गुमाएर सप्तरीले मात्र ४६ रन बनाउन सकेका थिए । सप्तरीका कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनुषाका लागि साइनोम रोय र मनोज खत्वेले तीन÷तीन, रुपेश यादव र अभिजित यादवले दुई÷दुई विकेट लिएका थिए । धनुषाका खेलाडीहरु राम्रो प्रर्दशन गरेका थिए । यो खेलमा सप्तरी लाज्जस्पद हार हारेका छन् । खेलको म्यान अफ द म्याच धनुषाका म्यान यादव घोषित भएका थिए ।

Comment


Related News

Latest News

Trending News