अपडेट 
२०७९ कार्तिक २८, सोमबार १५:३५

महोत्तरी : महाेतरी निर्वाचन क्षेत्र ४ का मतदाताहरुको मन, मष्तिकमा जसपा नेपालका उम्मेदवार डा. सुरेन्द्र कुमार यादव र उमेदवार सराेज सिंह कुशवाहा छाएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ का जसपा नेपालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. सुरेन्द्र कुमार यादव, ४(ख) प्रदेश सभा सदस्यका उमेदवार सराेज सिंह कुश्वाहा र नेकपा एमालेका ४(क) प्रदेश सभा सदस्यका उमेदवार र सराेज कुमार यादव संगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र कु राय, लाेसपा नेपालबाट काैशल कुमार यादव र नेकपा माओवादीका उमेदवार लालेन्द्र मण्डल प्रतिस्पर्धी हुन् ।

पार्टी देखि सरकारमा आफनो बलियो उपस्थिती जनाएका पार्टीका उमेदवार नेताहरुसंग चुनावी प्रतिस्पर्धामा डा. सुरेन्द्र कुमार यादव, सराेज सिंह कुश्वाहा र सराेज यादव मतदाताहरुबिच लोकप्रिय बन्दै गएका छन् । मतदाताको घर घरमा पुगेका यादव र महतोले जनताहरुबाट हौसला र आर्शिवाद पाएका छन् ।

मतदाताहरुको घर घरमा पुगेर आफनो चुनावी एजेण्डा, प्रतिबद्धता, आफना अनुभव, भावना व्यक्त गर्दा मतदाताहरुको अपार हौसला र आर्शिवाद प्राप्त भई रहेको उम्मेदवार सराेज सिंह कुश्वाहाले बताएका छन ।

Comment


Related News

Latest News

Trending News