राष्ट्रिय एकता अभियानले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा बढेको विदेशी जिहादविरुद्ध प्रदर्शन गर्दै जनता सचेतना अभियान सुरु गरेका छन् ।
शनिबार सप्तरीको राजविराजमा अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता गरिएको प्रदर्शनमा अध्यक्ष यादवले चीन र मधेश प्रदेशका मुख्यमन्त्री राउतले पाकिस्तानको इसारामा जिहादी गतिविधिलाई बढाव दिएको भन्दै चर्को नाराबाजी गर्नुका साथै बुकलेट समेत बाँडेको थियो । यसैगरी, आइतबार राजविराज नगरपालिकाको वडा नम्बर ६ मुसहरी गाउँमा घरदैलो कार्यक्रम गर्दै जनतालाई सचेत गराउने कार्य गरिएको अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनित साहले बताइन । चुनाव अवधिसम्म आफूहरुले घरदैलो गर्दै बुकलेट बाड्ने अभियान जारी राख्ने साहको भनाइ छ ।
गत चुनावमा तत्कालीन यादवको पार्टीका महिला नेत्री रहेकी साह मधेश आन्दोलनको मर्म विपरीत यादव सत्तालिप्सामा लागेकोले आफूहरु उनको विरोधमा उत्रेको बताउदै भनिन,उनलाई जसरी र जुनरुपमा पनि सत्ता चाहिएको छ ,त्यसैले जनमतलाई सचेत गराइ रहेका छौं ।’ अभियानले बाडिरहेको बुकलेटमा ‘नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो, जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत रुपमा सूक्ष्म सुरक्षा चुनौती सिर्जना गरेको छ,’ ‘भुसको आगो जस्तै सल्किरहेको जिहाद अदृश्य गतिविधि पछिल्लो समयमा अब सतहमा पनि मुखर हुन थालेको उल्लेख छ ।’ अभियानद्धारा विवतरीत बुकलेटमा विदेशी जेहादी संगठनहरुबाट मुख्यमन्त्री राउतले करोडौ रुपैया चन्दा लिएको आरोप लगाइएको छ । अभियानका अध्यक्ष विनय यादवले तराई मधेश जिहादको निशानामा रहेको दाबी गरे । उनले भने, ’उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाको संरक्षणमा र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा विदेशी जिहाद गतिविधि बढिरहेको छ ।’ त्यसबाट सचेत गराउन हामी यो अभियान सुरु गरेका हौ ।’जिहादको नाममा नेपाली चेलीहरुको अपहरण भईरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेको अध्यक्ष यादवले बताए ।उनले जिहादविरुद्ध एउटा जागरणको टड्कारो महशुस गर्दै राष्ट्रहीत र जनहीतमा जागरण अभियान सञ्चालन गरिएको बताए ।
धर्म संस्कृति रक्षाका लागि हिन्दू धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिदै संघीय हिन्दू गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्नुपर्ने आफुहरुको धारणा रहेको यादवको भनाइ छ ।


