जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको अस्वस्थताले पाँच दलीय गठबन्धनको चुनावी सभाहरु प्रभावित भएका छन् ।
खानपानमा सन्तुलन नमिलेको कारण ‘फुड प्वाइजन’ भएकाले उनको चुनावी सभाको कार्यक्रमहरु रद्द भएको नेपाली कांग्रेसका उपसभापति गणेश झाले जनाए । ‘क्षेत्र नम्बर ३ मा भएका सभाहरुमा निधिको सहभागिता भएन्’ उनले भने, निर्वाचन क्षेत्र नम्बर १ र ४ मा मंगलवार हुने सभामा उनको सहभागिता रहने छैन् ।बुटवलको चुनावी सभामा समेत सहभागी नहुने झाले बताए । आइतवार अचानक स्वास्थ्यमा समस्या आएपछि उनको चुनावी सभाको कार्यक्रम रद्द भएको थियो ।झाका अनुसार सोमवार साँझ सम्म उनको स्वास्थ्य स्थितिमा व्यापक सुधार आएको छ । नेता निधिकै प्रमुख आतिथ्यमा चुनावी सभाहरुको आयोजना गरिएको थियो ।तर उनको अनुपस्थितिमा अन्य नेता र उम्मेदवारहरु सभामा सहभागी भएको बताइएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ मधेशी कोटाको १ नम्बरमा नाम रहेकाले निधिको जित सुनिश्चित नै छ । निधिको सर्वाधिक प्रभाव रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार अनिल कुमार झा रहेका छन् । चुनावमा निधिको प्रभावले झा जित्ने आकलन कतिपयले गरिरहेका छन् ।निधिले आफ्नो विचारको भन्दा आफ्ना निकट्हरुको दबाबमा परेर गठबन्धन भन्दा बाहिरको उम्मेदवारलाई सघाउन थालेको बताइन्छ ।
Please subscribe our official youtube channel below and support us.


