२०७९ कार्तिक ३०, बुधबार ०७:२०

जनकपुरधाम ।धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकालागि सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार अनिल कुमार झालाई विपक्षी उम्मेदवारहरुले जग्गाको मुद्दा उठाएका छन् ।

झाले गठन गरेको गजेन्द्रनारायण सिंह प्रतिष्ठानको नाममा जनकपुरधाम उपमहानगरपालिकाको बेला कुट्टी अन्तरगतको पाँच बिघा जमिनमा घेरा हालेर अतिक्रमण गर्न थालेको आरोप विपक्षी दलका उम्मेदवार हरुले लगाउन थालेका छन् । मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहेकी स्व.डिम्पल झाको प्रदेशसभा संसदीय कोषको रकम सो जग्गामा पर्खाल लगाउन खर्च गरिएको आरोप विपक्षी दलकी उम्मेदवार जुली महतोको घरदैलो कार्यक्रममा लगाइएको छ । वडा नम्बर २३ बिन्धीमा घरदैलोको क्रममा एमाले जसपा गठबन्धनको घरदैलो क्रममा मन्दिरको जग्गा हत्याउन झाले चाहेको तर तत्कालीन उपमहानगर प्रमुख लालकिशोर साहले रोकेको मतदाताहरुलाई जनाउ दिइएको प्रत्यक्षदर्शीहरुले बताए । झाले प्रतिष्ठानको नाममा गुठी संस्थानबाट बहाल(लिज)मा लिएका उनका सहयोगीहरुले जनाएका छन् ।गुठी संस्थानको जग्गा धेरैले लिजमा लिएर सामाजिक मात्र नभै निजी काम समेत गरिरहेको उनीहरुले प्रष्ट गरेका छन् । क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि भिडेका दुबै गठबन्धनका उम्मेदवारहरु बाहिरका छन् ।ई.सत्यनारायण साह र नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति उमेश साह प्रभावशाली स्वतन्त्र उम्मेदवार छन् ।जनमतबाट ई.शम्भु साह पनि प्रतिस्पर्धी रहेका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News