अपडेट 
२०७९ कार्तिक ३०, बुधबार ०७:२४

आजअन्तर्राष्ट्रिय सहनशीलतादिवस हो । र, नेपालमाअहिले चुनावको मौसम छ । नेपालमाभइरहेको चुनावले अन्तर्राष्ट्रियमहत्वपाइरहेको छ । अन्तर्राष्ट्रियमञ्चमापनिलोकतान्त्रिक देशले नेपालको लोकतन्त्रको यस चुनावलाई राम्रोसित सम्पन्नभएको देख्न चाहेको छ । यो स्वाभाविकहो । हरेक देश जहाँलोकतन्त्र छ, त्यहाँचुनावभइरहन्छ । चुनावले दलहरुलाई जनतामाजाने मौका दिन्छ । जनताले पनिदलतथा नेताहरुलाई कत्तिको पत्याएका छन् भन्ने कुरा जाँच्ने मुख्यआधार नै चुनावहो । अरु वेलामा त सबै समान हुन्छन् तर चुनावले कसको पक्षमाकतिजनमत रहेको छ भन्ने कुरो साबित गरिदिन्छ । यसकारण चुनावआफैँमालोकतान्त्रिकअभ्यासको सर्वोत्तम रुप हो । लोकतन्त्रको प्राण हो र लोकतान्त्रिक सरकारको लागिउच्चतममर्यादा पनिहो ।

चुनावलाई सहनशीलताको दृष्टिकोणले पनि हेर्नु जरुरी छ । केहीदिनपहिलेसम्म जसरी डिजे बाजामाअत्यन्तचर्को स्वरमा कराएर उम्मेदवारको प्रचार गरिरहेका गाडीहरु अब हराएका छन् ।चुनावप्रचारले जनजीवनमानकारात्मकप्रभावपारेको थियो । विद्यालय छेउछाउ तथागाउँमा बिरामी, वृद्ध, शिशुलाई चर्को स्वरले निकै हानिगरिरहेको थियो तर पनिचुनावहो भनेर सहेर बसेकाथिए । यस्तावर्गले कतै कुनै गुनासो गरिरहेकाथिएनन् तर प्रहरी र प्रशासनको नजरमा जब अतिहुनथाल्यो तब विस्तारै कडाइ गर्दै गयो । फलतः यस्ता डिजे बाजामाचुनावको प्रचार गरिने क्रमकमभयो । यसरी कमहुँदापनिउम्मेदवारले आफ्नो प्रचार गरिरहेकै छन् । सर्वसाधारण मतदाताले भने सबै उम्मेदवारलाई स्वागतगरिरहेकै छन् । यो सहनशीलताले एकातिर लोकतान्त्रिकअभ्यासमा सबैको सहयोगलाई पुष्टि गर्दछ भने अर्कोतिर हाम्रो समाजमा सहनशीलतामाविस्तारै वृद्धि हुँदै गएकोपनि देखाउँछ । सहनशीलता सामाजिक दृष्टिकोणले धेरै महत्वपूर्ण रहेको छ । हामीहाम्रो समाजमा धेरै किसिमले एकले अर्काको कुरा तथाव्यवहार सहेर बसेका हुन्छौँ । कतिपयलाई कति छिमेकीको व्यवहार चित्तबुझेको हुँदैन तर केहीपनिबोलेको हुँदैन । चित्तनबुझ्दा आफूले त्यस अनुरुपको व्यवहार नगर्ने हो तर छिमेकीलाई चित्तदुख्लाभनेर नभनीकनै सहेर बसेका हुन्छन् । यसै गरी कतिपयअवस्थामाआफूलाई अप्ठ्यारो नपरीकनै पनि सम्बन्धितव्यक्तिवा छिमेकीलाई जानकारी दिने प्रवृत्तिकामानिस पनि हुन्छन् । यो एक हिसाबले निकै राम्रो पनिकिनहो भने आफूलाई मन लागेको कुरो भनिदिनु उचित हुन्छ । जसले गर्दा अप्ठ्यारो भएको हो, उनलाई थाहानहुनपनि सक्छ । तर कतिपयमानिस हुन्छन् दुःखमान्ने ।

आफूले गर्दा अप्ठ्यारो भएको थाहा हुन्छ वाथाहाहुँदैन तर उनलाई त्यही कुराको जानकारी गराउँदाभने उनी रिसाउने हुन्छन् । यसरी रिसाउनेदेखि पनि छिमेकीहरुले केहीभन्नचाहँदैनन् । यसरी रिसाउने मानिसले यो बुझेका हुन्छन् कि खिसीटिउरी गरेका छन्, मनमनै प्रगति हेर्न चाहेका छैनन् । साथै यदिआर्थिक र सामाजिक दृष्टिकोणले कमजोर छन् भने त यस्तो अवस्थामा हेपिएको महसुस गर्दछन् । सामाजिक परिवेशमा सहनशीलताको सम्बन्धविस्तार हुन्छ । सामाजिक सम्बन्धआफैँमा सहनशीलताको विशाल परिवेश हो । जहाँ सम्बन्धहरुको विकास र विस्तार भइरहेको हुन्छ । हरेक सम्बन्धमाएकले अर्कोलाई यथोचित सम्मान गरेको हुन्छ । यही सम्मानको परिधिले सहनशीलताको सीमालाई विस्तार गरेको हुन्छ । धेरै दुःखर सुखमा सम्बन्धहरु सहनशीलभएको पाइन्छ । र, लोकतान्त्रिकपर्व भनेर मानिने चुनावको समयमा यस्ता सम्बन्धले झन् अलग परिभाषाखोज्दछ । कुनै दुई व्यक्तिवा परिवारको बिचमाऔपचारिक वाअनौपचारिक दुःख सुख साट्ने तथाएकअर्काको दुःख र पीडामा सहनशीलताअपनाउने किसिमको जुनव्यवहार बसिसकेको हुन्छ, त्यस्ताव्यक्तिवा परिवारकाबिचमाचुनावको यस्तो किसिमको माहौलमाभने चुनावीचर्चा तथा सहकार्य हुने गरेको छ । अझ यस्तैमा केहीवा निकटका कोहीचुनावमाउम्मेदवार बनेका छन् भने निकटस्थहरुमा स्वाभाविकवा नैसर्गिक दायित्वबोध बनेको पाइन्छ । भने पनिवानभने पनि अगाडि वा पछाडि जुनहालतमाभएपनि सहयोग गरिरहेको पाइन्छ । यस अवस्थाले गर्दा सहनशीलताको अर्थले व्यापकतापाएको हुन्छ भने चुनावले पनि सकारात्मक अर्थमा सहयोग पाइरहेको हुन्छ ।

अन्तर्राष्ट्रिय सहनशीलतादिवसको महत्वलाई विस्तार गर्ने उदाहरणहरु अहिलेको चुनावी सरगर्मीमापर्याप्त पाइन्छन् । यदि मन नपरेको वापहिले झगडा भएको मानिस नै उम्मेदवार छन् र घरमाभोट माग्न आउँछन् भने स्वागत नै गर्दछन् । यसै गरी यदिपहिलेदेखि नै बोलचालबन्द रहेको परिवार छन् भने पनिउम्मेदवारहरु स्वाभाविक रुपमापहिलेको सबै बिर्सेर आफूलाई सहयोग गर्नको लागितिनको दैलोमा पुग्छन् । यसरी चुनावले सम्बन्धको विकास र नवीकरण पनिगर्दछ । वर्तमानअवस्थामा त जुनगाउँको उम्मेदवार हो, त्यस गाउँकाअधिकांशमानिसले यहीभनेर भोट दिएका हुन्छन् कि जे होस् आफ्नो गाउँको त छन् नि । यसमाआफ्नो गाउँ, आफ्नो समाज र आफ् नोपनको यस्तो संयोग हुन्छ किअन्य कुरालाई एकातिर पन्छाएर वा सहिदिएर मतको सहयोग गर्दछन् । साथै सम्भवभयो भने अलिकति एक दुई गाउँमा एक दुई पटक घुमेर भोट पनि माग्छन् । छिमेकीतथागाउँलेहरु यसकालागिउम्मेदवारबाट केहीपनि लिएका हुँदैनन् । यति अवश्य आशा राखेका हुन्छन् कि अरु केहीनगरे यदिचुनाव जित्छन् भने गाउँकालागि केही गर्छन् जुन सबैको लागि हुन्छ । अझयसभन्दाअलिक अगाडि बढेर यो पनिभन्ने गर्दछन् किगाउँमा एक जनामाननीय भएपछि गाउँको परिचयमा यो पछि परन्तुसम्मथपिन सक्छ कि यो माननीयज्यूको गाउँहो, यो माननीयज्यूको टोल हो ।

एकभन्दा बढी माननीयभइसकेको अवस्थामा त गाउँको पहिचानमा नै थपगौरवबोध हुने गर्दछ । अरुहरुले पनिभन्ने बेलामा यस कुरालाई चर्चामाल्याइरहन्छन् कि यस गाउँमादुई वातिनजनामाननीयभइसकेका छन् भने यहाँको विकासको संस्कार नै परिवर्तन भएको हो । अहिलेको चुनाव धेरै किसिमले विशेष सहनशील देखिएको छ । यस चुनावमाआमनागरिक पनि सहनशील देखिएका छन् । उम्मेदवारहरु त सहनशीलहुने भइ नै हाले । स्वयं नेताहरु पनि धेरै सहनशीलभएका छन् किनभने चुनावमाजाने मुख्य पार्टीहरुले गठबन्धन गरेका छन् । गठबन्धनगर्दा दुई वा बढी दलहरु मिलेर चुनाव लडने हो । यस्तो अवस्थामादुई वा बढी दलहरुको एकै उम्मेदवार हुने हुन्छ जुन यस चुनावमा देखिएको छ । चुनावको लागिउम्मेदवारको मनोनयनभएको समयमा धेरै उम्मेदवारहरु रुष्ट देखिएकाथिए तर कालान्तरमा सबै सहेर बसे । विस्तारै गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न थाले । विस्तारै आमनागरिकमापनि यो प्रवृत्ति देखिएको छ । आमनागरिकले पनि यस कुरालाई धेरै हदसम्म स्वीकार गरिसकेका छन् । अहिलेको परिस्थितिमामनोनयनको समयको जस्तो अवस्था छैन । यसले यो देखिएको छ किचुनावमादल, नेता, उम्मेदवार तथाआमनागरिक पनि सहनशील हुन्छन् । अहिले चुनावी सरगर्मी उत्कर्षमा छ । अबविस्तारै ओरालो लाग्ने हो । यस पटक मौनअवधिहोइन, चुनावप्रचार प्रसार निषेध अवधिभनिएको छ ।

यसकारण पहिले मौन अवधिभनिएको दिनमाचाहिँअत्यन्तशान्तवातावरण हुन्छ । पहिलेको भन्दाचुनावको यस वेलामानिर्वाचनआयोग बढी सक्रियपनि छ । आयोगको सक्रियताले सार्वजनिक स्थानहरुमा राखिएकाप्रचार सामग्रीहरु हटाइएका छन् । यसको आधारमा सबैले यो विश्वास पनि गरेका छन् किप्रचार प्रसार निषेध अवधिमा यस्ता धेरै प्रचार सामग्री हटाइने छन् तथावातावरण शान्त र स्वच्छ हुनेछ । चुनावको दिन त झन् सबारी साधनमाथि नियन्त्रण गरिएको छ । त्यस दिनकरिब शान्त नै हुन्छ ।यद्यपि साराको ध्यानमतदानतिर गएको हुन्छ । सम्पूर्ण मतदाता र मुख्य गरी निर्वाचनसित सम्बन्धितउम्मेदवार र कर्मचारीहरुको मुख्यकर्तव्य नै शान्तिपूर्ण निर्वाचन गराउने भन्ने हुन्छ । यसकारण सबैको सम्पूर्ण ध्याननिर्वाचनलाई शान्तिपूर्ण सम्पन्नगर्नेतिर हुनुलाई स्वाभाविक मान्नुपर्छ । वास्तवमाचुनावको सबैभन्दा महत्वपूर्ण दिन नै निर्वाचनको दिनहो । अहिले चुनावको चर्चाले उत्कर्ष पाइरहँदाकिसानहरु भने आफ्नो खेतमाव्यस्त छन् । धानखेतमाधान काट्न र त्यसलाई भित्र् याउनको लागिकिसानहरु पूर्णतयाव्यस्त छन् । एक वर्षको लागिअन्नको जोहो गरिरहेका छन् । गतअसार र साउनको चर्को घाममा गरेको खेतीको प्रतिफल हेरिरहेका छन्, घरमाल्यारहेका छन् ।

अहिले चुनावको मौसमले गर्दा जसरी विभिन्नदलतथाउम्मेदवारलाई चटारो छ, त्यसरी नै यसभन्दापनि ठूलो चटारो किसानलाई रहेको छ । धानभित्र्याउने र धान काटेर खालीभएको जमिनमाअर्को बालीलगाउने हतार एकैचोटि किसानलाई भएको छ । यसै समयमाचुनावहुँदाउम्मेदवारहरु खेत र खरिहानसम्मपनिपुगिरहेका छन् । कतिपयकिसानलाई यस किसिमको भेटघाटले आफ्नो सम्मान बढाएको अनुभूतिभइरहेको छ र कतिपयकिसानलाई अलिकति अप्ठ्यारो पनिअनुभूतिभइरहेको छ कि ठूला मानिसहरु आउँदा स्वागतगर्न पाइएको छैन । यस दृष्टिले उम्मेदवार र किसानदुवै सहनशील देखिएका छन् । अन्तर्राष्ट्रिय सहनशीलतादिवसको वर्तमानअवस्थामा सुन्दर प्रयोजन देखिएको छ । हामी सबै सत्यकालागि सहनशीलबनौँ र निष्पक्षतापूर्वक चुनाव सम्पन्न गरौँ ।

Comment


Related News

Latest News

Trending News