२०७९ मंसिर १, बिहीबार ०८:०६

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मत प्रतिशत घटाउन मतदाता शिक्षासहित नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराज नगरपालिका कार्यालय परिसरमा मतदाता शिक्षा कार्यक्रमसहित नमूना मतदान कार्यक्रम आयोजना गरेको थियो । मतदाता शिक्षा कार्यकर्ताको प्रयोग गरी सचेतनाका लागि मतदाता शिक्षा र नमूना मतदान कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए । मतदाता शिक्षा कार्यकर्ताले निर्वाचनको महत्व र मतदान गर्ने तरिका सिकाएपछि नमूना मतदान कार्य सुरु गरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गर्न योग्य १८ वर्षदेखि माथिका व्यक्तिलाई सहभागी गराई नमूना मतदान गराइएको थियो । निर्वाचन प्रक्रियाकै ढाँचामा गरिएको नमूना मतदान कार्यक्रममा १ सय भन्दा बढी सर्वसाधारण सहभागी भएका थिए । चुनावमा सदर मत बढाउन, सुसूचित मतदाता तयार गर्न र मतको महत्व बुझाउन थालिएको नमूना मतदान कार्यक्रम जिल्लाका सबै पालिकामा पु¥याइएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News