अपडेट 
२०७९ मंसिर १, बिहीबार ११:२७

महोत्तरी : जनता समाजवादी पार्टी नेपाल महोत्तरी क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार सरोज सिंह कुशवाहाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् ।

उम्मेदवार कुशवाहाले सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै उनले आफुले जनताको मन जित्ने काम गरेको दाबी गरेका हुन् ।

उनले भने, ‘निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै दुविधा छैन । त्यसको आधारमा भनेको हामीले अघि सारेका विचार, गरेका काम र योजना नै हुन् । हाम्रीले जनताको मन जित्ने काम गरेका छौं ।’

जसपाले आफ्नो कार्यक्रम, विचार र योजनाको साथ अघि सारेकाले जीत सुनिश्चित भएको उनले दोहोर्‍याए ।

Comment


Related News

Latest News

Trending News