२०७९ मंसिर १, बिहीबार १३:३७

सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

बुधबार ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९८ हजार रुपैयाँ तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक मूल्य तोक्दै आएको छ ।

Comment

Related News

Latest News

Trending News