२०७९ मंसिर २, शुक्रबार ०७:४१

बिहीबार मध्य रातिदेखि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार बन्द हुँदै छ ।

विहीबार दिउसो सबैे उम्मेदवारले अन्तिम चुनावीसभा आयोजना गरेका छन् । उम्मेदवारहरु आमसभा गरी औपचारिक रुपमा मतदाता आफ् नो पक्षमा तान्ने प्रयास गरेका छन् । निर्वाचन क्षेत्र ४ लक्ष्मीनियाँ गाउँपालिकामा पाँच दलीय गठबन्धनले बृहत् चुनावी आमसभा गरेका थिए । सभामा शीर्ष नेताहरुले पनि सम्बोधन गरी गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, नेकपा माओवादी केन्द्रका नेता तथा निर्वाचन क्षेत्र १ का उम्मेदवार मातृका प्रसाद यादव र काँग्रेस नेता आन्नद ढुङ्गनासमेतको सहभागिता रहेको थियो । यस्तै, निर्वाचन क्षेत्र ३ ज न क प ु र ध ा म उपमहानगरपालिका ७ पेठिया बजारस्थित पाँच दलीय गठबन्धनका उम्मेदवार अनिल झाले चुनावी सभा आयोजना गरेका थिए । उनको सभा सकिएको केही समयपछि सोही बजारमा नेकपा एमालेकी उम्मेदवार जुली कुमारी महतोले कोण सभा गरेकी थिइन् । उनले पनि एमाले–जसपा गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गर्न अनुरोध गरेकी थिइन् । जनकपुरधाममा तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार असगर अलिले कलश यात्रा निकालेका थिए ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि जनकपुरधाममा ¥याली निकालेका थिए । जनमतको उम्मेदवार इन्जिनियर शम्भुनाथ साहसहित पार्टीका नेता तथा कार्यकर्ताहरु घरदैलो सम्पन्न भएपछि क्षेत्रको परिक्रमा गरेका थिए । निर्वाचन क्षेत्र १ मा पनि पाँच दलीय गठबन्धनले चुनावी सभा गरेका थिए । बिहीबार मध्य रातिदेखि प्रचारप्रसार बन्द हुँदै छन् । मतदान हुने िद न भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिस्क मन्थन लगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन समेत नपाइने व् य व स् थ ा छ । मतदातालाई पनि कुनै पनि प्रकरले प्रलोभनमा पार्न नपाउने क ा न ू न ी व् य व स् थ ा रहेको छ ।

Comment


Related News

Latest News

Trending News