सुरक्षा चुनौती बढेकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्वेदनशील बन्न पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार अजय द्विवेदीले आग्रह गरेका छन ।
वीरगञ्जमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी द्विवेदीले यस्तो आग्रह गरेका हुन । मौन अवधि सुरु हुदै गर्दा रातको समयमा भारतीय नम्बर प्लेटका गाडीहरु गुडिरहेको,घर घरमा रकम वितरण गर्न थालिएकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्वेदनशील हुन आग्रह गरेका छन् । उनले भने ‘स्थानीय प्रशासनलाई भनेका छन ‘मेरो गाडी, मेरो घर, मसंग रहेका कार्यकर्ताहरुको खान तलासी गरौ , शुरुवात म बाट गर्नुहोस तर नागरिकलाई निष्पक्ष र भयरहित रुपमा आफनो अभिमत प्रकट गर्ने वतावरण बनाईदिनुहोस’ । नेता द्विवेदीले जनताको लोकतन्त्रका लागि आफनो उम्मेदवारी भएको र सबै नागरिकले आफूलाई सम्झेर निर्वाचनरुपी यो संग्राममा भाग लिन अपिल गरेका छन । उनले पर्साको क्षेत्र नं १ का जनता राजनीतिक रुपमै बदलावको पक्षमा रहेका छन ।
पार्टी र उम्मेदवार भन्दा नागरिक अगाडि छन नागरिकले यसपालि आफनो अभिमत निष्ठा र जितका लागि ब्यक्त गर्ने आफूमा विश्वास रहेको बताए । द्विवेदीले दल नदेखिने गुट देखिने गुट भित्र पनि यो वा त्यो देखिने, दल भित्र जनताको आवाज नबोलिने नदेखिने अहिलेको अवस्थामा स्वतन्त्र उम्मेदवारप्रति जनताको आकर्षण छ त्यसैले दलहरुको लागि पनि आफ् नो उम्मेदवारी दबाबपूर्ण हुने बताए । उनले नागरिक अहिले राजनीतिमै परिवर्तन खोजिरहेका छन,जनता आफै अगाडि बढेर आफनो राजनीतिको दिशा तय गर्ने छन,जनताको अहिलेको मुड यही छ कुनै पनि अवरोध र षडयन्त्रले नागरिकको यो भावमा परिर्वतन नआउने अवस्था देखिएको बताए ।


