नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि खुलेसँगै धनुषाका चारवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुलाई प्रत्यक्ष लाभ मिलेको बताइएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा नेता निधिको उपस्थितिमा गठबन्धन दलका अगुवा कार्यकर्ताहरुको विहीबार भएको भेलाले कांग्रेसका नेताहरुमा सक्रियता बढेको छ । जनता समाजवादी पार्टी( जसपा)का उम्मेदवार दीपक कार्कीसित प्रतिस्पर्धामा रहेका मातृका यादवलाई जित सहज भएको छ । कांग्रेसका मत चोरेर जित हात पार्ने दाउमा रहेका कार्कीका लागि अब फलामको च्यूरा भएको छ । एमालेको मत जनमत पार्टीका उम्मेदवार किशोरी साहको हर्न छापमा बढी पर्ने दाबी उनीहरुले गरेका छन् । लक्ष्मीनिया“ बजारमा आयोजित गठबन्धनको विशाल सभामा निधिले नागरिकता समस्या समाधान गर्न गठबन्धन जित्नु पर्ने बताए । चुनावीसभालाई सम्बोधन गर्दै उनले नागरिकता समस्या समाधान पाँच दलीय गठबन्धन दलबाट नै सम्भव रहेको बताएका हुन् । नागरिकता नहुँदा नागरिकले भोग्नु पर्ने समस्या बारे उल्लेख गर्दै ५÷६ लाख नागरिक एमाले पार्टीकै कारण नागरिकताबाट बञ्चित भएको उनले जिकिर गरे । नागरिकता समस्या पाँच दलीय गठबन्धनको नेताहरुले समाधान गर्न खोजेपनि एमालेले नै रोकेको उनको भनाइ थियो । एमाले नेता रघुवीर महासेठ र उनकी श्रीमती जुली महतोप्रति लक्षित गर्दै व्यङ्ग गरे । केही दिन अघि महासेठले ‘एक हाथमा सिन्दुर, अर्को हाथमा नागरिकता सम्भव नभएको’ दिइएको अभिव्यक्तिप्रति उनले आपत्तिसमेत जनाए ।
Please subscribe our official youtube channel below and support us.


