२०७९ मंसिर ३, शनिबार ०८:११

नेकपा माओवादी केन्द्रले मधेश प्रदेश कमिटी सदस्य शिव पुजन यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज गणेश साहले विज्ञप्ति जारी गर्दै यादवलाई पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका छन् । यादवले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारको चुनावी प्रचारमा गएको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएकाले पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।



Comment


Related News

Latest News

Trending News