नुतन झा उच्च अदालत जनकपुरकी सूचना अधिकारी एवं प्रवक्ता छन् ।
अहिले उनी निर्वाचन अधिकृत भएर चुनावमा खटिएकी छन् । आइतबार हुने निर्वाचनको लागि जनकपुरधाम उपमहानगरपालिका ४ स्थित पशुसेवा मतदान केन्द्रको उनी अहिले नेतृत्व गरिरहेकी छन् । यो मतदान केन्द्र धनुषाकै नमुना मतदान केन्द्र छन् । यहाँ खटिएका सबै महिला कर्मचारी मात्रै छन् । निर्वाचन अधिकृत झासहित आठ जना महिला कर्मचारी, प्रहरी सहायक निरीक्षक रेनुका तमाङको नेतृत्वमा तीन जना महिला नेपाल प्रहरी र पाँच जना महिला म्यादी प्रहरीलाई नै जिम्मेवारी दिइएको छ । शनिबार दिउँसो मतदान केन्द्रमा पुग्दा निर्वाचन अधिकृत झा सर्वपक्षीय बैठकको तयारी गरिरहेकी थिइन् । भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने जिम्मेवारी यसपालि उनको काँधमा छन् । अन्य कर्मचारीहरुलाई घेराबेरा लगाउन लगाएर उनी निर्वाचन अनुगमन परिचालन समिति, अमेरकी एम्बेसी र सशस्त्र प्रहरीले अनुगमन गर्दा झाले बिफ्रिङ गरेकी थिइन् । काँधमा जिम्मेवारी थपिँदा उनी खुशी रहेको बताउँछिन् । तर शान्तिपूर्वक मतदान सम्पन्न गराउन सक्ने की असहज हुने यी कुराले उनको मनमा डर पनि छ । झा जस्तै जिल्ला अदालतकी चाँदनी शर्मा पनि नमुना मतदान केन्द्रमा खटिन पाउँदा उत्साहित छन् । तर महिला अधिकृत र कर्मचारीमात्रै खटिएको हुनाले मतदाताले गर्ने व्यवहारप्रति भन्ने उनको शंका छ ।
महिलाले अवसर पाए गर्न सक्दो रहेछ । शिक्षा र अनुभवको आधारमा मज्जाले नेतृत्व गर्न सकिन्छ,’उनले भनिन्,‘ मनमा डर छैन् । हामीलाई यहाँ दुई वटा चुनौती आउन सक्छ । मतदाताले हामीसँग गर्न सक्ने व्यवहार र अर्का उम्मेदवारका प्रतिनिधिहरुले हो–हल्ला गर्न सक्ने जस्ता चुनौती हामीलाई आउन सक्छ ।’ चाँदनीको शंकालाई थप मजबुत बनाउँछन्, सर्वपक्षीय बैठकमा उम्मेदवारको प्रतिनिधिहरुले राखेको प्रस्तावले उम्मेदवारका प्रतिनिधिहरुले बैठकमा चिया, पानी खुवाउनु पर्ने र पोलिंग एजेन्टहरुले मोबाइल बोक्न पाउनु पर्ने कुरा निर्वाचन अधिकृत झासमक्ष राखे । उनले अस्वीकार गरिन् । निर्वाचन अधिकृत झाले अस्वीकार गर्दा केही समय प्रतिनिधिहरुसँग जिकिर पनि भयो । उनले मतदान सम्पन्न गराउन उनीहरुलाई आग्रह गर्दै थौरै आसवधानीले मतदानमा सम्पन्न हुन ढिलाई हुनसक्ने बताए । यी मतदान केन्द्रमा ९ सय ३० मतदाता छन् । जिल्लामा करिब ३० ठाउँमा महिला निर्वाचन अधिकृत पठाइएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । तर पूर्णतः महिलामात्रै भएको एउटा मात्रै मतदान केन्द्र छन् । ‘सकारात्मक सन्देश दिनका लागि हामीले यस पटक नमुना मतदान केन्द्र बनाएका छौं,’उनले भने,‘ यसले महिला सशक्तिकरणसहित नेतृत्वको राम्रो सन्देश जान्छ ।’ यस्ता नमुना मतदान केन्द्र आगामी निर्वाचनमा बढ्न सक्ने उनी बताइन ।
Please subscribe our official youtube channel below and support us.


