२०७९ मंसिर ४, आईतवार ०७:०९

त्रेता युगमा सीता र रामबीच भएको सीताराम विवाहको स्मरण गर्दै प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ ।

ता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ । यही मंसिर ७ गतेदेखि १३ गतेसम्म सप्ताहव्यापी विधिवत् धूमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवको तयारी भव्य रुपमा मनाउने उद्देश्यका साथ तीव्र रूपले तयारी भइरहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताए । विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मंसिर ७ गते नगर दर्शन, दोस्रो दिन ८ गते फूलबारी लीला, ९ गते धनुष यज्ञ, १० गते चौथो दिन तिलकोत्सव, ११ गते मटकोर र १२ गते राम सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ र सप्ताहव्यापी विवाह महोत्सवको अन्तिम दिन १३ गते रामकलेवा गरी जन्ती विदाइ गरेपछि विवाह पञ्चमी महोत्सव विधिवत् सम्पन्न हुने महन्थ दासले बताए । यसै गरी विवाह पञ्चमी महोत्सवमा यस पटक भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने समेत जानकारी दिए । प्रमुख अतिथिको रूपमा भारतबाट रामको डोलासहित भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री सतपाल ११ र १२ गतेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउने सहायक महन्थ दासले बताएका छन् ।

सतपाल महराज लगायत अयोध्याबाट हजारौँ साधु सन्त जन्तीको रूपमा यस वर्ष पनि सहभागी हुने बताएका छन् । यसै गरी , जनकपुरधाम उपमहानगरपालिका र बृहत्र जनकपुर क्षेत्र विकास परिषद्ले संयुक्त रूपमा विवाह पञ्चमी लक्षित जनकपुरधामस्थित रंगभूमि मैदान (बाह्र बिघा) सरसफाइ कार्यलाई समेत तीव्र रूपले अघि बढाइएको छ । यसपालि विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आउने श्रद्धालुहरू बस्नका पण्डालको व्यवस्था, डाक्टरसहितको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन र एम्बुलेन्स सेवाको व्यवस्था गरिने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News