२०७९ मंसिर ४, आईतवार ०७:२९

वीरगञ्ज महावाणिज्य दुतावासले क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) दिवस मनाउन छलफल गरेको छ ।

शनिबार कन्सुलेट परिसर भित्र चिकित्सक र रोगीहरुको सहभागितामा छलफल गरेका छन् । “सीओपीडीको प्रकार, एटियोलोजी र उपचार“ शीर्षकमा प्यानल छलफल आयोजना गरिएको थियो । उक्त छलफलमा वाणिज्य दूतावासका करिब ३० जना अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । जसमा शहरका प्रतिष्ठित पल्मोनोलोजिस्ट तथा चिकित्सक डा.निरज सिंह, इन्टरनल मेडिसिन, एचओडी, नारायणी अस्पताल, वीरगञ्ज, डा.सरोज रोशन दास, जनरल फिजिसियन नारायणी अस्पताल तथा डा.आलोक सिंह, एचओडी, मेडिसिन तथा पल्मोनोलोजिस्ट, नेसनल मेडिकल कलेजका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कन्सुलर नितेश कुमारले जीवनमा राम्रो स्वास्थ्यको महत्वबारे प्रकाश पारे ।

सीओपीडी विश्वमा मृत्यु हुने तेस्रो ठूलो रोग हो । तर यसबारे जनचेतना र ज्ञानको कमीले गर्दा यसलाई बेवास्ता गरिएको उनले बताए । चिकित्सकहरुले परिभाषा, प्रकार, लक्षण, कारण र उपचार सहितको विस्तृत प्रस्तुत गरेका थिए । धुम्रपान, वायु प्रदूषण र एलर्जी सीओपीडी रोगको प्रमुख कारण भएको र यसको उपचारका लागि खोप, नाबुलाइजेशन, अक्सिजन आपूर्ति र केही औषधि प्रयोग गरिएको चिकित्सकहरुले जानकारी दिए । औषधिको साइड इफेक्ट हुने भएकाले यसको उपचारका लागि औषधिभन्दा नेबुलाइजेसनलाई प्राथमिकता दिन चिकित्सकहरुले सुझाव दिएका थिए ।

Comment


Related News

Latest News

Trending News