गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी दिएका छन् ।
उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी आएको बताए। उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताएका छन् । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरू गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुरू भइसकेको बताए ।
गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताएका छन् । उनले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको पनि बताएका छन् ।
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेका छन्। निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरूले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको बताएका छन् ।


