२०७९ मंसिर ५, सोमबार ०७:०१
पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
पर्सामा प्रतिनिधिसभा र प्रदेशसभातर्फको निर्वाचनमा ६९ प्रतिशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरीएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन् । निर्वाचन आयोगले तोके अनुसार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरीएको उनले बताए । पोखरेलका अनुसार पर्साका १६९ मतदान स्थल र ४१४ मतदान केन्द्रको यकिन तथ्यांक आउन समय लाग्ने बताएका छन् । पर्सामा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि भएको मतदानमा प्रतिनिधिसभा सदस्यतर्फ ५३ र प्रदेशसभातर्फ १ सय ८ जना उम्मेवार छन् ।


