प्रतिनिधिसभा र प्रदेशसभाको निवार्चनमा मधेश प्रदेशको ६ ठाउँमा सामान्य विवाद भएको छ ।
रौतहटको तीन, सिरहा, सप्तरी र धनुषाको एक/एक मतदान केन्द्रमा विवाद भएको थियो । यी ठाउँमा भएको दुई पक्षीय विवादलाई नियन्त्रणमा लिन सात राउण्ड हवाई फायर गरिएको मधेश प्रदेश प्रहरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार धनुषा र सप्तरीमा विवाद भए पनि हवाई फायरको स्थिति आएनन् । तर रौतहटको दुई र सिरहाको एक मतदान केन्द्रमा विवादलाई नियन्त्रणमा लिन सात राउण्ड हवाई फायर गरिएको थियो । रौतहटको गुजारा नगरपालिका ४ र गरुडा नगरपालिका ६ अमारखानाको स्थित नियन्त्रणमा लिन दुई/दुई राउण्ड हवाइ फायर गरिएको थियो । पछि सर्वपक्षीय बैठकबाट सहमति भएर निर्वाचन सम्पन्न भएको छ । गजुरामा मतदान केन्द्रको बाहिर पाँच दलीय गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो । विवादकै बेला एक समूह मतदान केन्द्रमा प्रवेश गर्न खोजेपछि हवाई फायर गरिएको थियो ।
यस्तै, अमारखानामा पोलींग एजेन्टहरुबीच विवाद भएको थियो । मत पेटिका सार्ने विषयमा विवाद भएको थियो । गुजारा नगरपालिका वडा नम्बर ६ लक्ष्मीनिया टोलमा दुइ पक्ष बीच विवाद हुदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । मतदान भई रहेको बेला बेलुकी ४ बजेको समयमा सामान्य विवाद भएपछि मत पेटीका ल्याई सके पछि पुनः दुइ पक्षबीच झड़प भएको प्रहरीले जनाएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिएका बसरुदिन अन्सारी र ओम प्रकाश जैसवालको समर्थकबीच विवाद हुदा १३ राउण्ड हवाई फाएर गरिएको प्रहरी उपक्षिक बिर बहादुर बुढा मगरले जानकारी दिएका छन् ।
धनुषाको कमला नगरपालिका ६ धनुषाको कमला नगरपालिका ६ बिलट बौकु मा वि माडनको मतदान केन्द्रमा पनि विवाद हुँदा मतदान रोकिएको थियो । ‘ख’ मतदान केन्द्रमा सुरुमा प्रतिनिधिसभाका मतपत्र नदिएर प्रदेशसभाको मतपत्र दिँदा विवाद भएको थियो । त्यतिबेला ७० वटा मत मात्रै खसेको थियो । यहाँ करिव दुई घण्टा मतदान रोकिएको थियो । मतदानमा ढिलाई हुन थालेपछि सुरक्षाकर्मीको पहलमा सर्वदलीय बैठकबाट सहमति भएपछि पुनः मतदान सुरु भएको थियो । यस्तै, सप्तरीमा पनि धनुषा जस्तै समस्या उत्पन्न भएपछि मतदान रोकिएको थियो । राजविराज नगरपालिका ११ स्थित स्वास्थ्यचौकी मतदान केन्द्र ‘ क’ मा पनि प्रतिनिधिसभातर्फको मत पत्रको ठाउँमा प्रदेश सभाको मत पत्र दिइएको पाइएपछि झण्डै डेढ घण्टा मतदान रोकिएको थियो । त्यतिबेला ३९ जनाले मतदान गरिसकेका थिए । पछि मतदान अधिकृतहरुले सर्व पक्षीय बैठकमा अधिकृतले गल्ती स्वीकार गरेपछि मतदान सुरु भएको थियो । त्यसपछि शान्तिपूर्वक नै मतदान सम्पन्न भएको छ ।
Please subscribe our official youtube channel below and support us.


