मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा निधि फ्याक्टर फ्लप देखिएको छ ।
निधिले पाँच दलीय गठबन्धनका उम्मेदवार अनिल झाको पक्षमा मत माग्दा उनी विजयी हुने आकलन गरिए पनि उनी एमाले–जसपा गठबन्धनका उम्मेदवार जुली महतोबाट पाँच सय मतले पछाडि भएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार भएर रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका झाले निधिको सहयोगको अपेक्षा गरेका थिए । तर, कांग्रेस भित्र देखिएको कलह र अन्र्तविरोधका कारण उनी पछाडि परेका छन् । निधिबाट उनकै नेता कार्यकर्ता असन्तुष्ट रहेका कारण उनको फ् याक्टर फ्लप भएको जानकारहरु बताउँछन् ।
जुली महतो निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने चर्चा चले संगै कांग्रेसका पूर्व उप–सभापति तथा पूर्व गृहमन्त्री समेत भइसकेका निधि समानुपातिकको बाटो रोजी परमेश्वर महासेठको एकल नाम सिफारिस गराएका थिए भने यसै क्षेत्रबाट गत प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका उम्मेदवार महेन्द्र यादव संग प्रतिस्पर्धा गर्ने आँट गरे । लोसपाका वरिष्ठ नेता महेन्द्र यादवसंग भिडे पनि जुलीको विरुद्धमा निर्वाचन लड्ने आँट भने गरेन् । तर, रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट गत प्रतिनिधिसभाका सदस्यमा निर्वाचित भएका झालाई धनुषा ३ मा निधिको भरमा पठाइयो । निधिले पनि सुरुमा जोडबल देखाए पनि कांग्रेसकै वडा सभापतिहरुले निधिलाई अटेर गरेपछि उनले चाहेर पनि कांग्रेसका मत गठबन्धनका उम्मेदवार झालाई दिलाउन असफल भएको जारी मतगणनाको परिणामले देखाएको छ ।् धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा मात्रै पाँच हजारको हराहारीमा क्रियाशील सदस्यनै छ ।
निधिको लोकप्रियता घट्नुमा उनका स्वकीय सचिव विश्वास विक्रम र क्षेत्रीय सभापति भाइ धीरेन्द्र (श्याम) निधि प्रमुख भूमिका निर्वाह गरेको कांग्रेसकै कार्यकर्ताहरुको भनाइ छ । स्थानीय तहको निर्वाचनमा क्षेत्रीय सभापति निधिले वडाध्यक्षदेखि सदस्य सम्मको टिकट वितरणमा व्यापक रकमको चलखेल गरेको र निधिसंग कार्यकर्ताको सिधा सम्पर्कलाई स्वकीय सचिव विश्वासले आफै डिल गर्न थालेपछि आम जनतामा निधिप्रति असन्तुष्टि दिनप्रतिदिन बढ्दै गएको छ । धनुषा ३ का कांग्रेसका नेता कार्यकर्ताहरु निधिबाट असन्तुष्ट हुनुको प्रमुख कारणनै यी पात्रहरु रहेको अहिलेको निर्वाचनमा उनलाई जनताले समेत अटेर गर्नुको प्रमुख कारण यिनै रहेको वताउँछन् । संविधानसभाको दोस्रो निर्वाचनमा निधि र जुली आमने सामुने भएका थिए । त्यतिबेला जुलीलाई निधिले पराजित गरेका थिए । तर, जुलीले निधिको पछाडि भने छाडेका थिएन् । तर, गत प्रतिनिधिसभाको निर्वाचनमा लोसपाका वरिष्ठ नेता महतो निर्वाचन लड्ने निधो गरेपछि जुली आफै ब्याक भइ महतोलाई आन्तरिक रुपमा समर्थन जनाएर निधिलाई पराजित गराएका थिए ।
यस पटकको निर्वाचनमा जुलीसंग प्रतिशोध लिने दाउमा रहेका निधिबाट कांग्रेसी नेता कार्यकर्तानै असन्तुष्ट रहेका कारण निधिले सहयोग गरेका लोसपा नेता तथा प्रतिनिधिसभाका सदस्यका प्रत्याशी झाले जुलीलाई पराजित गर्न नसक्ने धनुषा ३ का सर्वसाधारणहरुको बुझाइ छ । नेपाली कांग्रेसका एक नेताले भने–‘निधिजी सर्वमान्य नेता हो, उहाँलाई सबैले अहिले पनि त्यतिकै सम्मान गर्छन् तर उनमा लागेका दुई भाइरस पीए र क्षेत्रीय सभापति नबदले उहाँको अवस्था ठिक हुने छाँटकाँट देखिदैन् ।’ निधिप्रति जनतामा अहिले पनि भरोसा देखिए पनि जनताको भावनाको उनलाई पनि कदर गर्नुपर्ने उनीहरुको भनाइ छ ।
Please subscribe our official youtube channel below and support us.


