२०७९ मंसिर ६, मंगलवार १६:४०

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सपहीले घरेलु मदिरा नष्ट गरेको छ । मंगलबार लक्ष्मीनियाँ गाउँपालिका ४ स्थितबाट ७० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक रोहित बहादुर भुजेलको नेतृत्वमा रहेको टोलीले राष्ट्रिय धान बालि अनुसन्धान केन्द्र नजिकबाट मदिरा बरामद गरेका थिए । निर्वाचन सुरक्षाको लागि गस्तीमा जदाँ प्रहरीलाई देख्न साथ मदिरा धनी फरार भएका थिए । पछि प्रहरीले नियन्त्रणमा लिई स्थानीयको रोहबरमा मदिरा नष्ट गरेको प्रहरी निरीक्षक भुजेलले जानकारी दिए ।



उनका अनुसार मदिरा नष्ट कार्यक्रममा राजस्व आन्तिरिक कार्यालय जनकपुरका प्रमुख किसोर बर्तौला र स्थानीय जगनारायण यादवसमेत सहभागि भएका थिए । यस विषयमा अन्य अनुसन्धान भइरहेको छ । बेस क्यामप सपहीले पछिल्लो समय समाजहितका लागि उत्कृष्ट काम गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News