२०७९ मंसिर ७, बुधबार ०७:५१

रौतहटमा रहेको चारवटै निर्वाचन क्षेत्र र आठवटै प्रदेशसभाको मतगणना जारी रहेको छ । मंगलवार साँझसम्म कुनै प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम मतपरिणाम आउन सकेको छैन् ।

बुधवारदेखि मात्र अन्तिम नतिजा आउन सक्ने सम्भावना रहेको छ । मंगलवार साँझ ६ बजेसम्म प्राप्त भएको प्रारम्भिक मत परिणाम अनुसार रौतहट क्षेत्र नं १ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अग्रता कायम राखेका छन् । नेता नेपालले ११ हजार २९२ मतसहित अग्रस्थानमा छन् भने उनलाई कडा टक्कर दिइरहेका नेकपा एमालेका अजय गुप्ताले ९ हजार १४४ मत पाएका छन् । गुप्ताले माधवलाई २ हजार भन्दा बढी मतान्तरले पछयाइरहेका छन् । त्यस्तै क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार किरण साह अग्रता लिएका छन् । जसपा र एमाले गठबन्धनका साझा उम्मेदवार जसपा नेता शैलेन्द्र साहको समर्थन पाएका किरण साह ५ हजार ९४१ मतसहित अग्रता कायम राखेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डाक्टर मोहम्मद फिरदोस आलमले ४ हजार १८० मत ल्याउँदै साहलाई पछयाइरहेका छन् । क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल शुरुवाति अग्रता लिएपनि अहिले पछि परेका छन् । सत्तारुढ गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार प्रभु साहले जयसवाललाई पछाडि पार्दै अग्रता लिएका छन् । साह ७ हजार ५२७ मतसहित अग्रस्थानमा रहेका छन भने जयसवाल ४ हजार ३८३ मत ल्याएर दोश्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार धिरज पटेलले २ हजार ६६४ मत पाएका छन् । क्षेत्र नं ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले अग्रता लिएका छन् । दोश्रोमा नेकपा एमाले र जसपा गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका उद्धव प्रसाद रेग्मी छन् । सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका तिमल्सिनाले ७ हजार ९६३ मत पाएका छन भने एमालेका रेग्मीले ७ हजार ४०६ मत पाएका छन् ।

क्षेत्र नं. १ को प्रदेशसभा (क) मा नेकपा एमालेका राजकिशोर यादवले ४ हजार ६९३ मतसहित अग्रता कायम राखेका छन् भने उनलाई पछयाइरहेका नेपाली कांग्रेसका नागेन्द्र साह ३ हजार २२६ मत पाएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले अग्रता लिएका छन् । कृष्णले ३ हजार ६९२ मतसहित अग्रता कायम गरेका छन् भने स्वतन्त्र उम्मेदवार कांग्रेसका पूर्व जिल्ला सचिव राजेशकुमार चौधरीले २ हजार ८८८ मत सहित दोश्रो स्थानमा छन् । एमाले–जसपा गठबन्धनबाट जसपाका नेता एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले २ हजार १८ मत सहित तेश्रो स्थानमा रहेका छन् ।

क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार जैद राजाले ३ हजार ४४२ मतसहित अग्रस्थानमा छन भने स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हाले १ हजार ९९४ मत पाएका छन् । क्षेत्र नं २ को प्रदेशसभा (ख) मा जनता समाजवादी पार्टीका उम्मेदवार किशोरी यादवले अग्रता लिएका छन् । यादवले २ हजार ६६४ मत पाएका छन भने सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका कनिश पटेलले २ हजार ५६७ र स्वतन्त्र उम्मेदवार मनोज यादवले २ हजार १८ मतसहित तेश्रो स्थानमा रहेका छन् ।

क्षेत्र नं ३ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार केश्व चौधरीले ३ हजार १७० मतसहित अग्रता लिएका छन् । एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालकी पुजा चौधरी २ हजार ८५१ मत पाएकी छन भने सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता एवं मधेश प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण राज्य मन्त्री नागेन्द्र यादवले १ हजार ७१९ मत पाएका छन् । ३ को प्रदेशसभा (ख) मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल यादव भनिने जितेन्द्रले ७०१ मतसहित अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार कुन्दन कुश्वाहाले ६१० मतसहित उनलाई पछयाइरहेका छन् ।

क्षेत्र नं ४ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका समिर भन्ने युवराज भट्टराईले ७ हजार २४ मतसहित अग्रता कायम राखेका छन् । दोश्रो स्थानमा रहेका नेकपा एमालेका अखिलेश्वर चौधरीले ५ हजार १०७ मत पाएका छन भने तेश्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार बालकृष्ण श्रेष्ठले ४ हजार ११४ मत पाएका छन् । ४ को प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार रवि जयसवालले अग्रता लिएका छन् । जयसवालले २ हजार १८ मतसहित अग्रस्थानमा छन भने एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी नेपालका शेख अब्बुल कलाम अजाद (फुलबाबु) ले १ हजार ६७९ मत ल्याउँदै जयसवाललाई पछयाइरहेका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका शेख सतारले १ हजार १२६ मत पाएका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News