२०७९ मंसिर ७, बुधबार ०८:२७

पर्सा निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रहबर अन्सारी निर्वाचित भएका छन्। अन्सारी एमालेका उम्मेदवारलाई पराजित गर्दै मधेस प्रदेशसभामा निर्वाचित भएका हुन् ।

बुधबार बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार अन्सारीले एमाले उम्मेदवार विचारीप्रसाद यादवलाई २ हजार २ सय ९८ मतको अन्तरले पराजित गरेका हुन्। अन्सारीले ७ हजार ८ सय १७ मत प्राप्त गरेका थिए। एमालेका उम्मेदवार यादवले भने ५ हजार ५ सय १९ मत प्राप्त गरेका हुन्।



प्रदेशसभा सदस्यमा निर्वाचित अन्सारी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरमा माओवादी केन्द्रबाट मेयरका प्रत्याशी थिए।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News