२०७९ मंसिर ८, बिहीबार ०६:१३

भ्रष्टाचारको आरोप व्यापक खेपेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत क्याविनेटका अधिकांश मन्त्रीहरु जितको संघारमा छन् । साइकल वितरण, स्वच्छता अभियान लगायतका प्रदेश गौरवका योजनाहरुमा व्यापक अनियमितता गरेको आरोप खेपेका मुख्यमन्त्री राउत क्याबिनेटका अधिकांश मन्त्रीहरुको जितले जनतामा उनीहरु विरुद्ध प्रतिपक्षीहरुको भूमिका रहेको स्पष्ट हुन्छ । मुख्यमन्त्री राउत क्याबिनेटका मन्त्रीहरु तत्कालीन भौतिक पूर्वाधार मन्त्रीद्वय जितेन्द्र सोनल, रामसरोज यादव,पूर्व महिला बालबालिका युवा तथा खेलकुद वीरेन्द्र सिंह, वर्तमान गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह, सामाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो पूर्व वन पर्यटन तथा उद्योग राज्यमन्त्री सुरेश मण्डल, पूर्व सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा लगायतका मन्त्रीहरु मध्ये अधिकांश विजयी भएको घोषणा भइ सकेको छ भने बांकी अग्रस्थानमा रहेका छन् भने अन्य उम्मेदवारहरु तथा मन्त्रीहरु प्रतिस्पर्धामा देखिएका छन् ।

यो समाचार तयार पार्दा सम्म मुख्यमन्त्री लालवावु राउत पर्सा निर्वाचन क्षेत्र नम्वर १ को (ख) मा ७५४५ मत सहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मी ६२१२ मत ल्याउन सके । त्यस्तै बारा निर्वाचन क्षेत्र नम्वर ४ को (ख) बाट पूर्व भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल ९१९१ मत सहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार उमेशकुमार कुशवाहा ५६६५ मत ल्याई दोस्रो र जसपाका आत्माराम प्रसाद साह ५३६७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । त्यस्तै,धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को (क)बाट पूर्व भौतिक पूर्वाधार मन्त्री राम सरोज यादव १३,७६७ मत ल्याई अग्रता कायम राखेका छन् भने मुख्यमन्त्री लालवावु राउतका स्वकीय सचिव तथा जसपाका युवा नेता जीतेन्द्र यादव १०,९७३ मत सहित दोस्रो र जनमतका प्रसन्नकुमार झा ५३६७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्वर १ को (ख) बाट उम्मेदवारी दिएका गृह तथा सञ्चारमन्त्री साहले पनि अग्रता कायम राखेका छन् । उनी ४७८० मत ल्याएर अग्रता कायम राखेका छन् भने उनलाई जसपाका रामश्रेष्ठ महतो ३८२६ मत ल्याएर उनलाई पछयाई रहेका छन् । सबै भन्दा बढी भ्रष्टाचारको आरोप खेपेका मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले पनि अग्रता कायम राखेका छन् । उनी प्रदेशका मन्त्री थिए तर यस पटक भने उनी सप्तरी निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् तर, अग्रता कायम राखेका छन् । उनी ५४८४ मत सहित अग्रता कायम राखेका छन् भने उनलाई जनमत पार्टीका जयकान्त राउत ४७७२ मत सहित पछयाई रहेका छन् । राउत दोस्रो र नेपाली कांग्रेसका रामदेव साह तेली ४४०७ मत ल्याई तेस्रो स्थानामा रहेका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ को (क) बाट प्रदेशसभामा उम्मेदवारी दिएका पूर्व महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पनि अग्रता कायम राखेका छन् । उनी १०,४२६ मत सहित अग्र स्थानमा छन् भने उनलाई एमालेका रामबाबु राय ९२८४ मत सहित पछयाई रहेका छन् । त्यस्तै,उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोको निर्वाचन क्षेत्रमा अहिले सम्म मतगणना हुन नसकेपनि त्यहा उनको विजयी हुन सक्ने सम्भावना रहेको स्थानीयहरुको भनाइ छ ।

स्थानीयबासीहरु बताउँछन्–‘मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतो भन्दा शत्रुधनको छवि यस क्षेत्रमा राम्रो रहेको र महतो बाहुल्य क्षेत्रमा उनलाई टक्कर दिन सक्ने नेता अहिले छैन् ।’ त्यस्तै,सिरहा निर्वाचन क्षेत्र नम्वर ४ को (ख) वाट प्रदेश सभाकालागि उम्मेदवारी दिएका पूर्व वन पर्यटन तथा उद्योग राज्य सुरेश मण्डल २१८२ मत सहित अग्रता कायम राखेका छन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार रामबाबु यादव १६३२ मत सहित पछयाइ रहेका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट उम्मेदवारी दिएका पूर्व सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा पनि अग्रता कायम राखेका छन् । शर्मा ८४९९ मत सहित अग्रता कायम राखेका छन् भने जसपाका दीपेन्द्र झा ७९२६ मत सहित उनलाई पछयाइ रहेका छन् । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव तथा राज्य मन्त्री योगेन्द्र यादवको अवस्था कमजोर देखिएको छ । सिरहा निर्वाचन क्षेत्र नम्वर २ को (क)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका विजयको क्षेत्रमा पाँच दलीय गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार जिवछकुमार यादव ४५५८ मत सहित अग्रता कायम राखेका छन् भने जनमतका संजयकुमार यादव ४२५९ मत सहित दोस्रो र मन्त्री विजय यादवले ३९१७ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै अर्थमन्त्री शैलेन्द्र साह सप्तरी निर्वाचन क्षेत्र नम्वर २ को (क) बाट उम्मेदवार रहेकोमा जनमत पार्टीका सतिशकुमार सिंहले १६,७३४ मत प्राप्त गरी साहलाई पराजित गरेका छन् । साह मात्र ८,२९२ मत ल्याएर दोस्रो स्थान प्राप्त गरे भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सरोजकुमार मण्डल ६१३२ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्न सफल भए । रौतहट निर्वाचन क्षेत्र नम्वर १ को (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र प्रसाद यादव ४३२७ मत सहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद यादव ९५४३ मत सहित अग्रस्थानमा रहेका छन् भने स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरी ८२३७ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News