२०७९ मंसिर ८, बिहीबार ०६:१५

जनकपुरधाम– जयनगर रेल सेवा तीन पटक ओहोर–दोहोर गर्ने भएका छन् ।

सीताराम विवाहपञ्चमी मेलालाई ध्यानमा राखी दिनको तीन पटक ओहोर–दोहोर गर्ने भएका छन् । मंसिर ११, १२ र १३ गते तीन पटक सेवा दिइने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक निरञ्जन झाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । तीर्थ यात्री तथा यात्रुको चाप बढी हुने भएकाले सेवा विस्तार गरिएको सूचनामा उल्लेख छ । कुर्थाबाट जनकपुरधाम हुँदै जयनगरको लागि विहान १०ः४५, १ः४० र ५ः१५ मा जयनगरको लागि खुल्ने सूचनामार्फत जनाइएको छ । यस्तै, जयनगरबाट विहान ८ः३०, १२ः३० र ३ बजे जनकपुरधाम कुर्थाको लागि आउने छन् । सप्ताह व्यापी सीताराम विवाहपञ्चमी महोत्सवमा भारतबाट धेरै यात्रु जनकपुरधाम आउने गरेका छन् । रेल सेवा विस्तार भएपछि उनीहरुलाई सहज हुने देखिएको छ ।

Comment


Related News

Latest News

Trending News