२०७९ मंसिर ८, बिहीबार ०७:२२

रौतहटको मतपरिणाम सार्वजनिक हुन थालेको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार रौतहट क्षेत्र न ४ (क) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका युवराज भट्टराई (समीर) विजयी भएका छन । समिरले १५ हजार ३ सय ६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अखिलेश्वर चौधरीले १० हजार २ सय ८१ मत पाएका छन भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले ९ हजार ६ सय १९ प्राप्त गरेका छन ।

रौतहटको चारवटै निर्वाचन क्षेत्र र बांकी सातवटै प्रदेशसभाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । बिहीवार विहानदेखि ती क्षेत्रहरुको पनि अन्तिम मत परिणाम सार्वजनिक हुने जिल्ला निर्वाचन कार्यालय गौरले जनाएको छ । मतगणना कार्य अन्तिम चरणमा पुग्दै गर्दा को निर्वाचित हुने र को पराजित हुने भन्ने कुरा स्पष्ट हुन थालेको छ । जिल्लाको चारवटा निर्वाचन क्षेत्रमध्ये दुईमा सत्तारुढ गठबन्धन र दुईमा स्वतन्त्र उम्मेदवारको जित निश्चित बनेको छ । क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल जितको नजिक पुगेका छन भने क्षेत्र नं ४ मा अर्का सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना पनि जितको नजिक पुगेका छन् । क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार किरण साह र क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहको जित निश्चित बनेको छ ।

त्यस्तै,क्षेत्र नं १ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका नागेन्द्र साह र (ख) मा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादव जितको नजिक पुगेका छन भने क्षेत्र नं २ को (क) मा नेकपा एमालेका उम्मेदवार जैद राजा र (ख) मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका कनिश पटेल जित्ने लगभग पक्का पक्की नै छ ।

क्षेत्र नं ३ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार केशव चौधरी र (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल यादव भन्ने जितेन्द्रले जितको धेरै नजिक पुगिसकेका छन् ।

क्षेत्र नं ४ को प्रदेशसभा (ख) मा जनता समाजवादी पार्टीका शेख अब्बुल कलाम अजाद (फुलबाबु)ले जितको नजिकमा पुगेका छन् ।

क्षेत्र नं १ मा खसेको कुल मत मध्ये अब ६ हजार मत मात्र गणना हुन बाँकी रहेको अवस्थामा नेकपा एसका अध्यक्ष नेपालले ५ हजार ५ मतले अगाडि छन् । नेपालले २३ हजार १३८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका अजय गुप्ताले १८ हजार ३०१ मत ल्याएका छन् । एमालेका गुप्तालाई ६ हजार भन्दा बढी मतान्तरले पछाडि पारेका नेता नेपालको जित घोषणाका लागि औपचारिकता मात्र बांकी छ । त्यस्तै क्षेत्र नं ४ मा कांग्रेसका देवप्रसाद तिमल्सिनाले १८ हजार भन्दा बढी मत ल्याउँदै जितको नजिक पुगेका छन् । तिमल्सिनाले १८ हजार ४५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दीले १५ हजार ५०३ मत पाएका छन् ।

क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार किरण साहले १२ हजार ८३२ मतसहित अग्रस्थानमा छन भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डा. फिरदोस आलमले ११ हजार १५२ मत पाएका छन् । साहलाई आलमले कडा टक्कर दिरहेको भए पनि अन्त्यमा जित साहको नै हुने बताइएको छ ।

क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह १३ हजार १४८ मत ल्याउँदै जित तर्फ अगाडि बढेका छन् । साहलाई कडा टक्कर दिरहेका स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल १० हजार ८६४ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका धीरज पटेलले ४ हजार ४४२ मत पाएका छन् ।

क्षेत्र नं १ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका नागेन्द्र साहले ९ हजार २६६ मतसहित अग्रता कायम राखेका छन् भने उनलाई पछयाइरहेका नेकपा एमालेका राजकिशोर यादवले ८ हजार २५ मत पाएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले १० हजार भन्दा बढी मत ल्याउँदै जितको नजिक पुगेका छन । कृष्णले १० हजार ३६३ मतसहित अग्रस्थानमा छन् भने स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीले ९ हजार ३९४ मत ल्याएर उनलाई पछयाइरहेका छन् । एमाले–जसपा गठबन्धनबाट जसपाका नेता एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले कृष्ण र चौधरीभन्दा निकै पछाडि परेका छन् ।

क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार जैद राजा र (ख) सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका कनिश पटेलले अग्रता कायम राखेका छन् ।

क्षेत्र नं ३ को प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार केशव चौधरीले ७ हजार ९५५ मतसहित अग्रता लिएका छन् । एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरी ६ हजार ९२१ मत पाएकी छन भने सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता एवं मधेश प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण राज्य मन्त्री नागेन्द्र यादवले ५ हजार ४४४ मत पाएका छन् । ३

को प्रदेशसभा (ख) मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल यादव भनिने जितेन्द्रले ९ हजार ५१ मत प्राप्त गरी जितको नजिक पुगेका छन् । यादवले आफना निकटत्म प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहालाई ३ हजार भन्दा बढी मतले पछाडि पारेका छन् । उनी ९ हजार ५१ मत पाउँदा कुशवाहाले ५ हजार ९८४ मत पाएका छन् । ४ को प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार रवि जयसवाललाई पछि पार्दै जनता समाजवादी पार्टीका शेख अब्बुल कलाम अजाद (फुलबाबु) ले अग्रता लिएका छन् । एमाले– जसपा गठबन्धनका साझा उम्मेदवार जसपाका (फुलबाबु) ले ६ हजार ५९३ मतसहित अग्रस्थानमा छन । स्वतन्त्र उम्मेदवार संजय यादवले ३ हजार ५३४ मत पाएका छन भने स्वतन्त्र उम्मेदवार रवि जयसवालले ३ हजार ३७२ मत पाएका छन् ।

Comment


Related News

Latest News

Trending News