२०७९ मंसिर ८, बिहीबार १८:५९
सिरहा प्रदेशसभा क्षेत्र ४ (१)बाट जनमत पार्टीका त्रिभुवन साह विजयी भएका छन् । योसँगै जनमतले हालसम्म ५ सिट जितेको हो ।
जनमतका साहले माओवादी उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका महेन्द्र पासवानलाई पराजित गरेका हुन् । साहले ८ हजार २२९ मत ल्याएर विजयी हुँदा पासवानले मात्र ७ हजार ८३ मत पाए ।
पासवान सत्ता गठबन्धनको उम्मेदवार थियो । जसपासँग गठबन्धन गरेको एमालेको उम्मेदवार प्रकाश महासेठले ६ हजार ८७८ मत ल्याएर तेस्रो स्थानमा सिमित बने ।



