२०७९ मंसिर ९, शुक्रबार ०७:२०

धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन्। नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा १५७ मत बढी ल्याएर निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत पाएका छन् भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत ल्याएका छन्। त्यस्तै नेकपा (एकीकृत समाजवादी)का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत पाएका छन्।

Comment

Related News

Latest News

Trending News