गौर नगरपालिका वड़ा नम्बर १ मा गएराति आगलगी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
राति करीव १२ बजेको समयमा स्थानीय मोहम्मद इश्लामको घरमा आगलगी हुँदा घरमा सुति रहेका तीन बालबालिकाको जलेर मृत्यु भएको छ । इश्लामले सञ्चालन गरेका इश्लाम सिरक डासना उद्योगमा रहेका कपासमा आगो लाग्दा इश्लामको ९ वर्षीय छोरी रुकसाना खातून , ७ वर्षीय छोरा इमरान मंसूरी र ५ वर्षीय छोरी सवीना खातूनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा परी २५ वर्षीय इसलमाइल, २४ वर्षीय नसीमा खातून र ८ वर्षीय बालक इमरान घाइते भएका छन्। घटना भएको घरको सँगै रहेका जाकिर हुसैनको मोटर साइकल ग्यारेजमा क्षति पुगेको छ । ग्यारेजमा रहेको मशीनरी पार्ट पूर्जाका साथै मरम्मत गर्न राखिएको मोटर साइकलहरुमा क्षति पुगेको पीडि़तले जनाएका छन् । नेपाल प्रहरी ससश्त्र प्रहरी , नेपाली सेनाको टोलीले गौर नगरपालिकाको बारुण यन्त्रको सहायताले आगो नियंत्रणमा लिन सफल भएको थियो ।


