२०७९ मंसिर ९, शुक्रबार ०९:५७

सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७७० मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याएका छन्। उप्रेती २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि एमालेबाट सर्लाही ३ बाटै निर्वाचित भएका थिए। त्यबेला उनले माओवादीका भरत थापालाई पराजित गरेका थिए।

Comment

Related News

Latest News

Trending News