२०७९ मंसिर ९, शुक्रबार ०९:५९

बारा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का अच्युतप्रसाद मैनाली विजयी भएका छन्। खानेपानी मन्त्रीसमेत रहेका कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई ९ हजारभन्दा धेरै मतान्तरले पराजित गर्दै मैनाली प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार एमालेका मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले ३ हजार ३१९ मत ल्याउँदा राप्रपाका भक्तबहादुर दर्लामीले १ हजार ७९२ मत पाएका छन्।

Comment


Related News

Latest News

Trending News